ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धारापानीबाट बन्दूकसहित एक जना पक्राउ


admin
१५ चैत्र २०७५, शुक्रबार   १ : ४४   बजे

डोटी, १५ चैत ।  दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो । विनाइजाजतको हतियार बोकेकाले अभियुक्त बिठाडीलाई हातहतियार खरखजाना तथा विस्फोटक पदार्थ कसूरअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिनुभयो ।

अभियुक्त बिठाडीलाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय डोटीमा राखी बयान लिइरहेको छ । 

एचआइभी सङ्क्रमितलाई सम्मान 

एक गैरसरकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर जिल्लाका एचआइभी सङ्क्रमितलाई आज सम्मान गरेको छ । गुड नेवर्स इण्टरनेशनल नेपालका जिल्ला कार्यक्रम संयोजक रञ्जितकुमार चौधरीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित बालबालिकासहित २० जनालाई सम्मानका साथ फलफूल विततरण गरियो । 

दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहरा र वडा नं ८ का वडाध्यक्ष रामबहादुर खड्का तथा स्वास्थ्य कार्यालयका प्रमुख डा भूषण मिश्रले एचआइभी सङ्क्रमितका पक्षमा काम गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा लालीगुँरास एकता समाजका अध्यक्ष कमला मल्लले सामाजिक रुपमा सहज जीवनयापनका लागि सङ्क्रमितलाई स्वास्थ्य र आयआर्जनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अस्पतालमा रहेको तथ्याङ्कानुसार जिल्लामा कम्तीमा ९०६ जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । तीमध्ये ५० बालबालिका मात्रै छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu