ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सम्मेलन समापन हुदैं , नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य


एबीसी न्यूज
१६ चैत्र २०७५, शनिबार   ५ : २६   बजे


काठमाडौं, १६  चैत । शुक्रवारदेखि सुरु भएको लगानी सम्मेलन आज समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आतिथ्यमा समापन हुदैं छ ।

दुई दिन सम्म चलेको सम्मेलनमा सहभागिहरुले नेपाल लगानीका लागी उपयुक्त गन्तव्य रहेको नेपालमा लगानी गर्दै आएका उद्योगी, व्यवसायी तथा लगानीकर्ताले बताएका छन् । अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनका क्रममा आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा नेपालमा लगानी गदै आएका व्यक्तिवहरुले नेपाल विश्वकौ वढि नाफा आर्जन गर्न सकिने मुलुक रहेको वताएका छन् ।

नेपाल लगानी सम्मेलनमा सहभागी उद्योगी तथा व्यापारीहरुले नेपाल व्यवसाय गर्नका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । उनीहरुले नेपालमा उद्योग, व्यवसाय संचालन गर्न सहज वातावरण भएको टिप्पणी गरेका छन् ।

दक्ष एवं काम गर्न सक्ने जनशक्तिको उपलब्धता, राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको लगानीकर्ताले बताए । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल राजनीतिक संक्रमण पार गरी आर्थिक विकासको चरणमा प्रवेश गरेको र वर्तमान सरकारस“गै निजी क्षेत्र पनि ठूला परियोजना निर्माणको तयारीमा जुटेको बताइन् । उनले नेपालमा औद्योगिक वातावरण निर्माण भएको उल्लेख गर्दै लगानीको उपयुक्त समय आएको बताइन् ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको दाबी गरे । लगानी गरेर उच्च नाफा लिन सकिने मुलुकका रुपमा नेपाल रहेको भन्दै उनले समस्या हरेक देशमा हुने भए पनि पछिल्ला दिनमा भने यहा“ व्यवधान नरहेको दाबी गरे । नेपाली जनता र यहा“को सरकारी संयन्त्र सहज भएकाले लगानीका लागि कुनै झन्झट व्यहोर्नु नपर्ने उनको भनाइ छ ।

एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनले मध्यमस्तरको आय भएको मुलुकमा रुपान्तरणका लागि नेपालले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने औंल्याए । बैंकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, भूकम्पबाट क्षतिग्रस्त विद्यालयका भवन पुनः निर्माणलगायत विभिन्न परियोजनामा लगानी गरेको जानकारी दिंदै उनले नेपालको विकासका लागि थप लगानी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालको हावापानीको दृष्टिकोणले पनि व्यवसाय कालागी उत्कृष्ट रहेको बताए । जुनसुकै अवस्थामा पनि सहजै काम गर्न सकिने वातावरण रहेको उल्लेख गर्दै मौसमका कारण काम बन्द गर्नु नपर्ने उनको भनाइ छ । अध्यक्ष शर्माले नेपालमा उच्च मूल्यका कृषि तथा जडीबुटीको उत्पादन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दैे यस क्षेत्रबाट उच्च मुनाफा आर्जन गर्न सकिने दाबी गरे ।

नेपाल प्राकृतिक स्रोत साधनले भरीपूर्ण छ । यहा“ ती उपलब्ध स्रोत साधनको परिचालनको खा“चो रहेको छ । तसर्थ, नेपालमा ठूलो लगानी भित्राएर उत्पादन बढाउन सके नेपालको आर्थिक समृद्धिका साथै लगानीकर्ताको लगानी सुनिश्चित हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group