ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्गको पुनर्निर्माण सुरु


admin
२० चैत्र २०७५, बुधबार   ३ : ४०   बजे


काठमाडौं,२० चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माणको काम सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो ।

विमान उडानमा समेत समस्या देखिएपछि वर्षा लाग्नु अघि नै सम्पन्न हुनेगरी सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको काम सुरु गरिएको इन्जिनियर बाबुराम पौडेलले जानकारी दिनु भयो ।

‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’ले १८ महिना भित्र सम्पन्न हुने गरी सो निर्माण कार्यको जिम्मेवारी लिएको हो । विमानको उडान र अवतरणमै समस्या आएपछि त्यसको धावनमार्ग र ट्याक्सी मार्ग पुनर्निर्माणको काम संचालन गर्नु परेको पनि इन्जिनियर पौडेलले बताउनु भयो ।

धावनमार्ग पुनर्निर्माणको काम भने राति गरिनेछ । राति १० बजेदेखि बिहान ८ बजेसम्मका सम्पूर्ण उडान बन्द गरी सो धावनमार्ग पुनर्निर्माण काम सुरु गरिएको पनि विमानस्थलले जनाएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री बुढाले नेपालको हवाई सेवालाई अझै सुरक्षित र व्यवस्थित बनाउन पनि सो विमानस्थलको धावन मार्ग र ट्याक्सी मार्ग स्तरोन्नतिको कामलाई सुरु गरिएको बताउनु भयो ।

उहाँले सन् २०२० मा आयोजना हुने ‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन पनि सरकारले सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सो विमानस्थलको धावन मार्ग तथा टयाक्सी मार्ग पुनर्निर्माणका लागि आवश्यक सबै खालको सहयोग निर्माण कार्यको जिम्मेवारी पाएको ‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’लाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

३ हजार मिटर लम्बाई तथा ४५ मिटर चौडाई रहेको सो विमानस्थलको धावन मार्ग सन् १९७५ सालमा स्थापना भएयता पहिलो पटक पुनर्निर्माण गर्न सुरु गरिएको हो । ३ अरव ७५ करोड लागतमा पुनर्निर्माण सुरु गरिएको सो विमानस्थलको धावन मार्गको निर्माण कार्य असार अघि नै सम्पन्न गर्ने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group