ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको उपस्थितिमा भेरी–बबई डाइभर्सन आयोजनाको सुरूङ ब्रेक थ्रू


एबीसी न्यूज
३ बैशाख २०७६, मंगलबार   ३ : ५०   बजे



काठमाडौँ, ३ वैशाख । । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक–थ्रूु भएको छ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण भएको उक्त सुरूङको मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक–थ्रूु गरिएको हो।

सुरुङ निर्माणको जिम्मा चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले पाएको थियो। आगामी २०७६ चैत १५ सम्म सक्नुपर्ने भनिएको सुरुङको निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो।

बबई नदीको किनारमा रहेको हात्तीखालबाट भेरी किनारको चिप्लेसम्मको चुरे पर्वत छिचोलेको सुरुङ १२ किलोमिटर २ सय १० मिटर लामो छ। २०७४ कात्तिकदेखि टिबिएम प्रविधिको प्रयोग गरी सुरूङ खन्न थालिएको थियो। आर्थिक वर्ष २०६८र६९ बाट सुरु भएको यस आयोजना आर्थिक वर्ष २०७७र७८ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर, तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ। कुल १६ अर्ब ४३ करोड रुपैयाँ लागतमा सकिने भनिएको आयोजनाको लागि झन्डै दोब्बर लगानी लाग्ने देखिएको छ। आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ। साथै, ४६ मेगावाट बिजुली उत्पादन पनि हुनेछ। ब्रेक–थ्रूु कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए।

सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा टनेल बोरिङ मेसिनका कारण त्यसको एक वर्षअघि नै सुरुङ निर्माण कार्य पूरा गरिएको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजना प्रमुख सञ्जीव बरालले बताए । उनले निर्धारित समयभन्दा एक वर्ष पहिले नै सुरुङ निर्माण कार्य पूरा गर्नु आफैमा ठूलो उपलब्धि भएको जनाउँदै यो आयोजनाको सुरुङ निर्माण कार्यले निर्धारित समयभन्दा पनि पहिले काम पूरा गर्न सकिने सन्देश दिएको जानकारी दिए ।
आजै सुर्खेत आएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

East Jerusalem Vocational College Faces Closure as Israeli Actions Escalate

Gaza Farmer Returns to Beloved Grapevines After War’s Devastation

Iran Admits Economic Strain From Conflict, Vows Pursuit of Diplomacy

Israeli Settlers Surround Palestinian Home, Set Fires in West Bank Village

Norway Mourns King Harald V as Son Ascends to Throne

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu