ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी ११ गते चीन जाने, चिनियाँ राष्ट्रपतिसहितको टोलीसँग द्विपक्षीय वार्ता गर्ने


एबीसी न्यूज
६ बैशाख २०७६, शुक्रबार   ६ : ३५   बजे


काठमाडौं, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । अप्रिल २५ देखि बेइजिङमा बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई)को दोस्रो शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति चीन जान लाग्नु भएको हो ।

चीनको राजकीय भ्रमण गर्ने तयारी हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालसँग सीमा जोडिएको तिब्बतको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सान्सीको राजधानी सियान र तिब्बतको राजधानी ल्हासामा त्यहाँका प्रादेशिक नेताहरुसँग राष्ट्रपतिको भेटवार्ता हुने भएको शुक्रबार विज्ञप्ती जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैशाख ११ गतेदेखि १९सम्म हुने राष्ट्रपतिको चीन भ्रमण राजकीय नै हुने परराष्ट्र मन्त्रालयले पनि घोषणा गरेको छ भने चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ पत्रकारहरुसँग कुराकानीको क्रममा समेत उक्त कुरा बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ समकक्षी सी जिनपिङले रात्रिभोज पनि आयोजना गर्नुभएको छ । त्यसअघि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसहितको टोलीसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । चिनियाँ समकक्षी सीका अलावा राष्ट्रपति भण्डारीले अन्य चिनियाँ शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रालयका अनुसार, राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल लगायत अन्य उच्च सरकारी अधिकारी हुनेछन् ।

चीन भ्रमणमै रहेका बेला राष्ट्रपतिले चिनियाँ र नेपाली व्यापारीको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ भने अन्तराष्ट्रिय वागवानी प्रदर्शनीको उद्घाटन कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ । ११ बैशाखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने राष्ट्रपति भण्डारी बेइजिङ पुग्नु अघि चीनको सान्सी प्रान्तको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९, २ हजार ३०१ जनाको उद्धार, २७ प्रहरी अझै सम्पर्कविहीन

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?

६० घण्टापछि बाढीमा पुरिएकी बालिकाको जीवितै उद्धार

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

East Jerusalem Vocational College Faces Closure as Israeli Actions Escalate

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu