काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो चीन भ्रमणबाट चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भयो ।
आगामी आर्थिक वर्ष २०७६७७ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
संसदमा राष्ट्रपति भण्डारीले वाचन गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा दोहोरो आर्थिक वृद्धिको आधार तयार भएको उल्लेख गरिएको छ । सरकारले चालु आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको थियो । सरकार राष्ट्रिय कार्यभार पूरा गर्न काम गरिरहेको भन्दै उहाँले छिमेकी राष्ट्रबाट पनि नेपालका प्राथमिकतामा सहयोग र समर्थन बढेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्