ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“प्रहरी आचरण, व्यवहार तथा अंग्रेजी भाषा” सम्बन्धि विमान स्थलका प्रहरीलाई तालिम


एबीसी न्यूज
२१ बैशाख २०७६, शनिबार   ६ : ४५   बजे


काठमाडौँ, २१ वैशाख । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटिने प्रहरी कर्मचारीहरुलाई स्वदेशी तथा विदेशी नागरिकहरुसँग बोलचाल र सभ्य, शिष्ट र नम्र व्यवहारका लागि तालिम दिइएको छ ।

प्रहरीलाई यात्रु सेवाग्राही मैत्री बनाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नायब उपरीक्षक कार्यालयले “प्रहरी आचरण, व्यवहार तथा अंग्रेजी भाषा” सम्बन्धि आन्तरिक अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

शुक्रबार तालुक महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै दोस्रो चरणको कार्यक्रम अन्तर्गत विदेशी यात्रुको समस्यालाई समाधान गर्नका लागि कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी अधिकारलाई साधारण अंग्रेजी, आतिथ्यता, सामान्य कुराकानी र आचासंहिता लगायतका विषयमा ज्ञान दिलाउनका गरिएको कार्यक्रमबाट ४५० जना प्रहरी अधिकारी लाभान्विित भएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा डीआइजी थापाले विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादन भएको उत्कृष्‍ट कार्यको प्रशंसा गरे । उनले आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाह गरी यात्रुहरुलाई शिष्ट सभ्य नम्र व्यवहार गरी अझै उत्कृष्ट व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

यस्तै नागरिक उडड्यन कार्यालय हवाई सुरक्षा विभागका प्रमुख प्रकाश चन्द्र ढकालले हाल विमानस्थल प्रहरीले भरपर्दो सुरक्षा व्यवस्था, पार्किंङ्ग व्यवस्थापन, यात्रुहरुको चेकजाँच लगायतमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा प्रकाश पारे ।

साथै, कार्यक्रममा विमानस्थल प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रमुख अतिथि, विषेश अतिथि लगायत उपस्थित सम्पूर्ण सहभागी प्रहरी कर्मचारीहरुलाई धन्यवाद दिए ।

उनले विमानस्थल कार्यालयमा कार्यरत सम्पूर्ण निकाय, संस्थाका कर्मचारीहरुलाई विमानस्थल भित्र प्रवेश गर्दा आ–आफ्नो कार्यालयको अनिवार्य रुपमा तोकिएको पोशाक लगाई प्रवेश गर्न तथा काम गर्ने समयमा पास प्रयोग गर्न आग्रह गरे । एसएसपी भण्डारीले विमानस्थलका प्रहरी कर्मचारीहरुले व्यवसायिक, ईमान्दारिताका साथ रचनात्मक रुपमा कार्यसम्पादन गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने दृढता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group