ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु


एबीसी न्यूज
२२ बैशाख २०७६, आइतबार   ६ : ५९   बजे

काठमाडौँ, २२ वैशाख । लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए ।

मन्दिर संरक्षणका लागि पुरातत्व विभागले रु एक करोडको लागतमा जीर्णोद्धार गर्न लागेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि शुरु भएको छ । यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट रु तीन करोड उठेको थियो । नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । छाना फेर्न रु १७ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छाना पुनःनिर्माण समितिका संयोजक कोमलबहादुर विष्टले बताउनुभयो ।

मन्दिरको छाना फेर्न रु २४ लाख ५१ हजार १११ सहयोग गर्ने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ तालिञ्चोकका उत्तमकुमार थापालाई शनिबार मन्दिर आयोजित विशेष कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले सम्मान गर्नुभयो । हालसम्म बीचको तलाको छाना फेर्ने बजेट प्राप्त भएको जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नगरपालिकाको नाम समेत मन्दिरकै नामबाट राखिएकाले जीर्णोद्धार एवं छाना फेर्ने कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो । काम सम्पन्न गर्न अझै स्रोत अपुग हुने भएकाले फेरि महायज्ञ आयोजना गर्ने विषयमा छलफल भइरहेको नगर प्रमुख चालिसेले सुनाउनुभयो । मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ

। भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा पुगी जल, पिण्ड र सिदादान गरेमा घर, मामाघर र ससु्राली तर्फका २१ पुस्ता तर्छन् भन्ने पौराणिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group