काठमाडौं,२२ बैशाख । उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास बाँकेमा कार्यरत एक नायव सुब्बा घुससहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले तीन लाख रुपैयाँ घुस रकमसहित टाइपिस्ट नासु कृष्णकुमार पाठकलाई पक्राउ गरेको हो ।
पाठकलाई सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा चारबाहिनी चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्