ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्नाको समूहमा एक्लो पोथी बाह्रसिङ्गे मात्रै जीवित


एबीसी न्यूज
२५ बैशाख २०७६, बुधबार   १२ : ५३   बजे


काठमााडौं,२५ बैशाख । नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका थिए । अहिले निकुञ्जमा एउटा मात्रै पोथी बाह्रसिङ्गे जीवित छ ।

निकुञ्जमा बाह्रसिङ्गे नभएकाले दुई वर्षअघि शुक्लाफाँटाबाट सातवटा ल्याइएको थियो । त्यसमध्ये दुई वटा त्यही समय मरे । बाँकी पाँच वटामध्ये दुई भाले र तीन पोथी थिए । निकुञ्जले पुरानो पदमपुर रहेको स्थानमा बाह्रसिङ्गे र अर्नालाई विद्युतीय तारसहितको ३० हेक्टरमा क्षेत्रफलमा राखेको थियो । सो स्थानमा प्रशस्त पोखरी, घाँसेमैदान र खोला छन् । निकुञ्जले बाह्रसिङ्गे र अर्नालाई यही स्थानमा छोड्न पोखरीसँगै घाँसेमैदान निर्माण गरेको थियो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बाढी आउनुभन्दा अघि पाँच वटै बाह्रसिङ्गे थिए ।

“बाढीले बगायो कि तार फड्केर भागे भन्ने अहिले एकिन छैन”, उहाँले भन्नुभयो, “त्यसपछि तारबारमा एउटा मात्र पोथी बाह्रसिङ्गे छ । अहिले यो पाँच वर्षको भयो, अवस्था राम्रै छ ।” यही तारबारमा कोशीटप्पु र जावलाखेलका चिडियाखानाबाट १५ अर्ना छाडिएको थियो । पन्ध्रमध्ये कोशीटप्पु र चिडियाखानाबाट ल्याएको तीन÷तीनवटा मरेपछि नौ वटाको सङ्ख्यामा पुगेको थियो । तर, अहिले अर्नाले तीन बच्चा जन्माएपछि १२ वटा पुगेका छन् । फरक प्रजाति भए पनि एक्लो बाह्रसिङ्गे यही अर्नाको समूहमा लामो समयदेखि बसिरहेको छ । तारबारको क्रममा केही चित्तल तारबारभित्र परेका छन् ।

बाह्रसिङ्गे मृग प्रजाति भएकाले अर्नाबाहेक चित्तलसँग पनि घुलमिल हुने गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले जीव विज्ञान अनुसार कुनै पनि जनावरलाई एक्लै राख्न नहुने बताउनुभयो । उहाँले एक्लो बाह्रसिङ्गेलाई शुक्लाफाँटा छाड्नभन्दा यहाँ ल्याउँदा निकुञ्जलाई राम्रो हुने उहाँको भनाइ छ । “बाह्रसिङ्गेको बगाल यहाँ थप्दा सबैभन्दा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “यसले पर्यटकलाई थप आकर्षित गर्न मद्दत गर्छ । निकुञ्जका केही क्षेत्रफल बाह्रसिङ्गेका लागि उपयुक्त भएको पाएका छौँ ।”

अनुसन्धान अधिकृत डा लामिछानेका अनुसार हालै गरिएको अनुसन्धानमा निकुञ्जको कूल क्षेत्रफल ९५२ दशमलव ६३ वर्ग किमिमध्ये १४ दशमलव ५७ वर्ग किमि बाह्रसिङ्गेका लागि उपयुक्त क्षेत्रफल पाइएको छ । त्यस्तै १३४ दशमलव ८७ वर्ग किमि मध्यम खाले स्थान पाइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जको पुरानो पदमपुर फाँटा र सुखीभार क्षेत्रमा बाह्रसिङ्गेलाई अनुकूल रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group