ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक गाउँ एक प्राविधिकलाई उपकरण


एबीसी न्यूज
२५ बैशाख २०७६, बुधबार   १ : १७   बजे


काठमााडौं,२५ बैशाख । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण प्रदान गरेको छ ।

उपकरण पाउनेमध्ये तनहुँका २० र नवलपुरका १५ पशु सेवा प्राविधिक रहेको प्रयोगशालाका प्रशिक्षक डा गणेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पशु सेवा प्राविधिकलाई माइक्रोस्कोप, सर्जिकल सेट, खसी पार्ने उपकरण, सेन्टीफ्युजलगायतका उपकरण प्रदान गरिएको छ । माइक्रोस्कोप भने तनहुँमा चार र नवलपुरमा दुई मात्रै प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । पशु सेवा प्राविधिकलाई करीब रु १४ लाखको उपकरण प्रदान गरिएको छ । पशु सेवा विभागमार्फत गत वर्ष नै वितरण गर्नुपर्ने ती उपकरण प्राविधिक कारणले वितरणमा ढिलाइ भएको थियो । उपकरण पाएसँगै कृषकको घरघरमै पुगेर सेवा दिन सहज हुने पशु सेवा प्राविधिक धनराज कुमालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपकरणको अभावमा सेवा प्रवाहमा असहजता उत्पन्न भएको थियो, अब भने सहज हुने भएको छ ।” पशु सेवा प्राविधिकलाई उपकरण प्रदान गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि र पशुपालनमा प्रदेशलाई आत्मनिर्भर बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले समयमै उपचार नपाउँदा पशुको मृत्युसमेत हुनसक्ने भएकाले पशु प्राविधिक त्यसप्रति बढी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री थापाले कृषिमा श्रमप्रतिको विश्वास जगाउन आवश्यक रहेकामा जोड दिँदै कृषकलाई काम गर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार सदैव क्रियाशील रहेको प्रतिबद्धता जनाउनुभयो ।

युवापुस्तालाई कृषिमा आकर्षण गर्नका लागि नीति बनाउन सरकार लागिपरेको बताउँदै उहाँले कृषिलाई सम्मानित पेशा बनाइने बताउनुभयो । व्यास नगर साइनिङ स्टार हुने जेसीआई व्यास नगरको आयोजनामा व्यास नगर साइनिङ स्टारको साताँै संस्करण हुने भएको छ । बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित जेसीआई व्यास नगरले यस वर्षसमेत साइनिङ स्टार आयोजना गर्न लागेको हो । जेसीआईले सन् २०१७ देखि प्रत्येक वर्ष साइनिङ स्टार गर्दै आएको छ । बालबालिकामा रहेको प्रतिभा प्रष्फुटन गर्दै उनीहरुको नेतृत्व विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जेसीआई व्यास नगरका कार्यकारिणी उपाध्यक्ष एवं साइनिङ स्टारका मूल संयोजक कृष्ण सुनारले जानकारी दिनुभयो ।

कार्यक्रमको अडिसन राउण्ड जेठ ३ र ४ गते हुँदैछ । अडिसन राउण्डमा १०० भन्दा बढी बालबालिकाको सहभागिता रहने अनुमान गरिएको जेसीआई व्यास नगरका अध्यक्ष रमेश गिरीले बताउनुभयो । उहाँका अनुसार अडिसन राउण्डबाट छनोट भएका बालबालिकालाई एक महीनाको अवधिसम्म नेतृत्व विकास, अनुशासन, पर्यटन, बालअधिकारलगायतमा प्रशिक्षण दिइनेछ । साइनिङ स्टारको फाइनल आगामी असार १४ गते हुनेछ । १० देखि १४ वर्षसम्मका बालबालिकाले प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको विजेताले नगद रु २५ हजार, फस्ट रनरअपले रु १५ हजार र सेकेण्ड रनरअपले रु १० हजार नगदसहित आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विभिन्न १३ विधामा बालबालिकालाई पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group