ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरीद्वारा पन्ध्र हजार चालकलाई प्रशिक्षण


admin
२५ बैशाख २०७६, बुधबार   ३ : ३९   बजे

काठमाडौं,२५ बैशाख । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीन महीने कार्ययोजना बनाएर विभिन्न काम गर्दै आएको छ ।

महाशाखाले सुकेधारामा दुई, गौशालाचोकमा तीन, धुम्बाराहीमा एक, चप्पल कारखानामा एक, शङ्कपार्कमा एक, स्टार अस्पतालमा एक र धोविघाटका दुई स्थानमा जेब्राक्रसिङ निर्माण, चावहिल र सुकेधारामा स्टपलाइन निर्माण, चावहिलदेखि सुकेधारासम्म र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जदेखि बालुवाटारसम्म सेन्टर लाइन निर्माण गरेको छ ।

यसैगरी, बालकुमार पुल, गोपीकृष्ण पुल, नयाँ बसपार्क पुल, हनुमानस्थान पुलको करिडोर निर्माण, कोटेश्वरदेखि गौशाला, खानी विभागदेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, रातोपुलदेखि गौशालाचोक, थापाथलीदेखि सोल्टीमोडलगायतका क्षेत्रको फुटपाथसमेत व्यवस्थापन गरेको छ ।

महाशाखाले उपत्यकामा सञ्चालित ८८३ सवारी साधनलाई प्रदूषण जाँचमा असफल भएको भन्दै कारवाही समेत गरेको छ । ट्राफिक प्रहरीले उपत्यकामा थोरै जनशक्ति भए पनि उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन विभिन्न निकायसँग सहकार्य गरेर काम गरिरहेको छ । साँघुरो बाटो र धेरै सवारी साधन उपत्यकामा भित्रिँदा दिनानुदिन ट्राफिक चापसमेत हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर सञ्चालनमा रहेका ३२ लाख सवारी साधनमध्ये छन् काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu