ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा प्रणाली बदल्नुपर्छ– पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


एबीसी न्यूज
२६ बैशाख २०७६, बिहिबार   १२ : ०५   बजे


काठमाडौं, २६ वैशाख । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले देशको शिक्षा प्रणाली बदल्नुपर्ने बताउनुभएको छ । बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बुधबार उहाँले जीवनपयोगी शिक्षामा जोड दिनुभयो ।

वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उहाँको धारणा छ । “मुलुकलाई गतिलो शिक्षा प्रणाली चाहिन्छ”, उहाँले भन्नुभयो, “अप्रगतिशील र हिजोकै थोत्रो पाठ्यक्रमले आजको समस्या समाधान हुँदैन ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बदलिँदो परिवेशअनुसार शिक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । “हामीले विद्यार्थीलाई जिज्ञासु, अन्वेषण गर्न सक्ने, आलोचनात्मक दृष्टिकोण भएको र समस्या समाधान गर्न सक्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “ज्ञान, सीप, प्रवृत्ति र मूल्य, मान्यतामा ध्यान दिनुपर्छ ।” नवीन सोच र चिन्तनविना पढाइको प्रमाणपत्रले मात्र कुनै योग्यता नराख्ने भन्दै उहाँले शिक्षालाई समाज, उत्पादन र जीवन पद्धतिसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो ।

ज्ञानको पूर्णताको माध्यम शिक्षा भएको भन्दै सबैलाई शिक्षाको समान अवसर दिइनुपर्ने उहाँको भनाइ छ । “लगानीको सबभन्दा उपयुक्त क्षेत्र शिक्षा हो”, उहाँले भन्नुभयो, “शिक्षा समाजको वर्तमान र भविष्य हो ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठ विद्यामन्दिर माविको पूर्वविद्यार्थीसमेत हुनुहुन्छ । विसं २०७२ को भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएपछि विसं २०७३ असारदेखि विद्यालयको पुनःनिर्माण शुरु गरिएको थियो । २६ कोठे नयाँ भवन विद्यालयका पूर्वविद्यार्थीलगायत दाताको सहयोगमा निर्माण भएको हो । रु चार करोड ३७ लाखको लागतमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताउनुभयो ।

भौतिकरूपमा विद्यालय सम्पन्न भएको भन्दै शैक्षिक गुणस्तर सुधारमा विद्यालय लागिपरेको विद्यालयका प्रधानध्यापक जगन्ननाथ आचार्यले बताउनुभयो । विसं १९९७ मा खुलेको विद्यालयमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायको पढाइ हुन्छ । विद्यामन्दिरलाई नमूना विद्यालयको रूपमा विकास गर्ने विद्यालय व्यवस्थापनको योजना छ । नवनिर्मित भवनसँगै विद्यालयका भवन छ र कोठा सङ्ख्या ५२ पुगेका छन् । भवन निर्माणमा सहयोग गर्ने दातालाई विद्यालयले सम्मान गरेको थियो । लागुऔषधसहित युवक पक्राउ अवैध लागूऔषधसहित बागलुङ नगरपालिका–२ का सन्तोष भनिने एडिसन बस्नेत पक्राउ परेका छन् ।

विशेष सुराकीका आधारमा बस्नेतलाई बानपा–१ रामरेखाबाट बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जाँचका क्रममा बस्नेतको साथबाट फेनारगन २४ एम्पुल, डाइजापाम २८ एम्पुल र नुरफिन २६ एम्पुल गरी कूल ७८ एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । “स्थानीवासीको रोहबरमा बरामद गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ”, उहाँले भन्नुभयो । प्रहरीले पछिल्लो समय लागुऔषध प्रयोगकर्तामाथि निगरानी बढाएको छ ।

लागुऔषध सेवन गर्ने र समाजमा विकृति फैलाउने १६ लाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जनाएको छ । जसमध्ये पाँचलाई सुधारगृहमा पठाइएको, सातलाई शान्ति सुरक्षाविरुद्ध कसुर मुद्दा चलाइएको र चारलाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group