ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमाथि ६१ बुँदामा सुझाव


एबीसी न्यूज
२६ बैशाख २०७६, बिहिबार   ७ : २२   बजे


काठमाडौँ, २६ वैशाख । आगामी वर्षको बजेटले केलाई प्राथमिकता दिनुपर्ला ? दिगोपन, सुशासन, पूर्वाधार कुन क्षेत्रमा बढी लगानी गर्नुपर्ला ? कृषि, सेवा, उद्योग पूर्वाधार विकासतर्फ कुन क्षेत्रमा बढी लगानी गर्नुपर्ला ? यातायात, सञ्चार र ऊर्जा क्षेत्रमा कस्ता रणनीति बनाउनुपर्ला ? आर्थिक गतिविधिसम्बन्धीका यस्तै–यस्तै ६१ बुँदामा सांसद, अर्थविज्ञ, उद्योगी, व्यवसायी र पत्रकारले फरक अनुभूति हुने गरी बजेटका विषयमा लिखित सुझाव पेश गरे ।

प्रतिनिधिसभा, अर्थ समितिद्वारा आज राजधानीमा आयोजित प्रि–बजेट छलफलको माहोल हेर्दा लाग्थ्यो सबै जना लोकसेवा आयोगको वस्तुगत प्रश्नको उद्धार दिँदै हुनुहुन्थ्यो । अघिपछि बजेटका विषयमा मौखिक रुपमा सुझाव दिने चलन भए पनि अर्थ समितिले आज भने वस्तुगत रुपमा विकल्पसहित लिखितै सुझाव सङ्कलन गरेको हो । बजेटको पूर्वसन्ध्यामा छलफल शुरु गरिएकाले अर्थतन्त्रको विकासका लागि सरकारलाई वास्तविक सुझाव पेश गर्न बुँदागत रुपमा प्रश्नपत्र तयार गरेर सुझाव सङ्कलन गरिएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताउनुभयो ।

पन्ध्रौँ योजनाको सङ्घारमा रहेको मुलुकमा सुशासन प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने वर्तमान सरकारको प्रतिबद्धतासँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बीच आउन लागेको बजेटका विषयमा सहभागीले स्वदेशी उत्पादनमा जोड दिँदै स्रोत साधनको भरपुर उपयोग गरी सम्भाव्यताका आधारमा बजेट अउनुपर्ने सुझाव दिएका छन् । यसअघि सातै प्रदेश र मुख्य व्यापारिक शहरमा पुगेर सुझाव सङ्कलन गरी सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएकोे दोस्रो दिन आज अर्थ समितिले सङ्घअन्तर्गत केन्द्रीयस्तरमा छलफल आयोजना गरी लिखित र मौखिक सुझाव सङ्कलन गरेको हो ।

आएका सुझावलाई एकीकृत गरी सरकारलाई पूर्ण सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । हालै सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पछिल्ला तीन वर्षका आर्थिक वृद्धिले गति लिएकाले दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको तथा मुलुकभित्र पूँजी निर्माणको बलियो आधार तयार हुँदै गएको उल्लेख छ । त्यसमा अझै अर्थतन्त्रलाई बलियो र स्थायित्व बनाउँदै स्वदेशमै उत्पादन वृद्धिसँगै रोजगारीको अवसर सिर्जना गरी समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य पुरागर्नतर्फ बजेट केन्द्रीत हुनुपर्ने उपस्थित सांसद तथा उद्योगी व्यवसायीले सुझाव दिएका छन् ।

स्वदेशी उत्पादनमा जोड प्रि–बजेट छलफलका सहभागीले स्वदेशी उत्पादनलाई जोड दिने गरी बजेट आउनुपर्नेमा जोड दिनुभएको छ । राजश्वमुखी कर प्रणालीभन्दा वैज्ञानिक र प्रतिष्पर्धात्मक बनाई दरभन्दा दायरा बढाउनुपर्नेमा उहाँहरुको जोड थियो । मुलुकलाई समृद्ध बनाउन पूँजीगत खर्च वृद्धि गरी व्यापार घाटा घटाउने, रोजगारी सिर्जना गर्ने, श्रम र सीपको विकास गर्दै आधुनिक कृषि प्रणालीमा जोड दिनु अपरिहार्य भएको उहाँहरुको भनाइ थियो । उहाँहरुले आन्तरिक उत्पादनलाई बढावा दिँदै सङ्घ प्रदेश र स्थानीय तहमा एकीकृत कर प्रणालीसहित बाह्य लगानी भित्र्याउन एकद्वार नीतिको खाँचो औँल्याउनुभएको छ ।

छलफलमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निर्यात रु ६१ अर्ब र आयात ९४१ अर्ब तथा व्यापार घाटा ८८७ अर्ब रहेको अवस्थामा कसरी आर्थिक स्थायित्व बनाउन सकिन्छ भन्नेमा ध्यान जानुपर्ने बताउनुभयो । आर्थिक सल्लाहकारको हैसियतले राष्ट्र बैंकले सरकारलाई सुझाव पेश गरिसकेको जानकारी दिँदै उहाँले पूँजीगत खर्चको विकास गरी आन्तरिक उत्पादन बढाउँदै मुद्रास्फीति तोकेको बिन्दुमा कायम गर्नेतर्फ बजेट निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले छिट्टै अर्थतन्त्रको गति लिने क्षेत्र कृषि नै भएको जिकिर गर्दै विगतमा भएको कार्यक्रम कार्यान्वयन फितलो भएकाले ‘कन्ट्रयाक्ट फार्मिङ’तर्फ ध्यानाकर्षण गराउनुभयो ।

अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको सन्दर्भ प्रस्तुत गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैत्री नीति बनाई प्राकृतिक श्रोत साधनको सदुपयोग हुने तथा व्यवस्थित कार्ययोजनासहित पूर्वाधारमा लगानी गर्ने गरी बजेट आउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । सहभागीले पूँजीगत खर्च नहुनु, निर्यात प्रवद्र्धनमा जोड नदिनु, स्वदेशी उत्पादनमा ध्यान नपुग्नु तथा योजनाबिनै कार्यक्रम लागू गर्दा विकासका कार्यक्रमले गति लिन नसकेको उल्लेख गरेका थिए ।

यस्ता गतिविधिलाई व्यवस्थित गर्दै प्रतिष्पर्धात्मक क्षमताको विकास गर्र्दै भएका आयोजना समयमै सक्ने गरी अध्ययन अनुगमन संयन्त्रको विकास जरुरी रहेको औँल्याएका थिए । प्रि–बजेट छलफलमा निर्माण व्यवसायी महासङ्घका कार्यबाहक अध्यक्ष निकोलस पाण्डे, बैंकर्स एशोसिएशनका किरणकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी महासङ्का अध्यक्ष केशव बडाल, नेपाल चार्टर एकाउन्टेन्ट संस्थाका अध्यक्ष जगन्नाथ उपाध्यायलगायत उद्योगी व्यवसायीले स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिनुपर्ने र सहुलियत कर्जासहितका प्रोत्साहनका कार्यक्रम र स्थानीय धरातलीय सम्भावना र आवश्यकताको आधारमा विकास आयोजना सञ्चालन गर्नुपर्ने भन्दै लिखित र मौखिक सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group