ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिबन्धित लागुऔषधसहित दुई युवक पक्राउ


admin
२७ बैशाख २०७६, शुक्रबार   ११ : ४०   बजे

काठमाडौं,२७ बैशाख । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बसबिसौनी नजिकैबाट लागुऔषधसहित लहान नगरपालिका–१९ निवासी २० वर्षीय अशोककुमार यादवलाई पक्राउ गरेको हो ।

यादवको साथबाट नाइट्रोजेपाम १६ ट्याब्लेट बरामद भएको प्रहरीको भनाइ छ । यस्तै प्रहरीले सिरहाका विभिन्न स्थानबाट करीब रु डेढ लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ ।

भन्सार छलेर अवैध रुपमा ल्याएको विभिन्न किसिमका कपडासहित बीआर३२जे ०२२७ नंको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद सबै सामान कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।

छुरा प्रहार गरेको आरोपमा दुई पक्राउ काम विशेषले सिरहाको लहान आएका धनुषाका एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहानका दुई युवालाई पक्राउ गरेको छ । लहान नगरपालिका–७ स्थित शिवचोक नजिकै धनुषाको जनकपुर उपमहानगरपालिका–२१ निवासी २१ वर्षीय राजुकुमार साहमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–८ निवासी २० वर्षीय राजु पासवान र १९ वर्षीय दिपेस यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लहानमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group