ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिद्धले बच्चा कम कोरलेपछि …


admin
२७ बैशाख २०७६, शुक्रबार   ३ : ०९   बजे

काठमाडौं,२७ बैशाख । गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डा (फूल) बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञले अनुसन्धान गरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्म त्यहाँ रहेका गिद्धबाट ६८ वटा अण्डा पारेर १८ वटा बच्चा कोरलिएका छन् । विसं २०७१ मा पाँच वटा अण्डा पारेर एउटा बच्चा कोरलिएको थियो ।

विसं २०७२ मा सात अण्डा पारे पनि बच्चा कोरल्न सकेको थिएन । विसं २०७३ मा १५ वटा अण्डाको नौ बच्चा, विसं २०७४ मा २१ वटा अण्डाको सात बच्चा कोरलिएकामा विसं २०७५ मा भने २० वटा अण्डाबाट दुई वटा बच्चा मात्रै कोरलिएका थिए । स्थापनाको समयमा करीब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो ।

त्यही हुर्किएका गिद्धमध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ । सन् २०१७ मा सात पोथी र सन् २०१८ मा ८ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको हो ।

सन् २०१९ मा छ बच्चा, चार पोथी र तीन भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेस्टुरामा राखिएको छ । हाल प्रजनन् केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन् । नेपाल पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले यस वर्षको प्रजननको समस्या देखेर आफूहरु आश्चर्यमा परेको बताउनुभयो ।

यससँगै गम्भीररुपमा अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा गत वर्ष के–कस्ता कमीकमजोरी र होहल्ला (डिस्टर्ब) भएका थिए त्यसको अध्ययन भइरहेको उहाँले बताउनुभयो । शुरुआती वर्षमा लिङ्ग पहिचान गरी भालेपोथीको अवस्थाका बारेमा अध्ययन गरेर छुट्याएर राखिएको थियो । उहाँका अनुसार लिङ्गअनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएका हुन् ।

प्रजनन् केन्द्र हेर्दै आउनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका डा विकल्प कार्कीले विदेशी विज्ञसँगसमेत यस विषयमा परामर्श गरिरहेको बताउनुभयो । उहाँले कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu