काठमाडौं,२७ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका पोलिट ब्यूरो सदस्य चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
११ विद्यार्थी संगठनले अनामनगरमा रहेको युनियन हाउसमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यहाँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल पनि सहभागी हुने सुइको प्रहरीले पाइसकेको थियो । पत्रकार सम्मेलन सुरु हुनै लाग्दा प्रहरी पुगेर ढकाललाई पक्राउ गरेको छ। कार्यक्रमस्थलबाटै ढकाललाई पक्राउ गरेको भन्दै अन्य विद्यार्थी संगठनले विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्