काठमाडौं,२७ बैशाख । ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक पुरुषलाई प्रहरीले सकुशल उद्दार गरेको छ । ५० हजार रुपैयाँ नपाएपछि एक महिलाले ५९ वर्षीय पुरुषको अपहरण गरेकी छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले ललितपुरको इमाडोलका ५९ वर्षीय कृष्ण चौडेललाइ उद्दार गरेको छ भने, महिलालाई नियन्त्रणमा लिएको छ ।
सिन्धुली घर भई ढोलाहिटी बस्ने अनिमा भुजेलले शुक्रबार बिहान अपहरण गरेकी थिइन् । उनीहरुबीच आर्थिक लेनदेनको कुरा नमिलेपछि अनिमाले कृष्णलाई अपहरण गरि बन्धक बनाएको प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेको बताइएको छ । चौडेल ३० हजार मात्र दिन बाँकी रहेको बताएका छन् भने भुजेलले ५० हजार बाँकी रहेको दाबी गरेकी छन् । पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको र अपहरण कार्यमा थप संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्