ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या


admin
२७ बैशाख २०७६, शुक्रबार   ४ : १९   बजे

धनुषा,२७ बैशाख । धनुषाको ढल्केवरमा एक अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। बैदेशिक रोजगारीमा रहेका सम्भु साहको साढे दुइ वर्षीय छोरा आर्यन साह सोमबार दिउसोदेखि हराइरहेका थिए ।

सोमबार देखि हराइरहेका बालकलाई परिवारका सदस्य र स्थानीय मिलेर खोज्दै जाने क्रममा बालकका हजुर आमाले घाँटी रेटी हत्या गरेको अवस्थामा बालकको शव फेला पारेकी हुन् । शव देखेपछि उनले सबै स्थानीयलाई बोलाएकी थिइन्। घटनाको प्रकृति हेर्दा कतै काटेर आँप बारीमा फलेको जस्तो देखिन्छ।

साह परिवारमाथि दुई वर्ष पहिले अर्को आपत परेको थियो । साह परिवारका एक महिला सदस्यलाई फकाएर घर देखि टाढा लागि बलात्कारको प्रयास भएको थियो तर, प्रतिवाद मात्र भएन, अपराधीलाई जेप सजाय पनि सुनायो।

तर, त्यही कारण अहिले दुधे बालकको हत्या भएको आशंका गर्छन् परिवारका सदस्यहरु । बलात्कारको प्रयास गर्ने किशोरलाई उमेर नपुगेका कारण २ बर्ष जेल सजाय सुनाएर सुधार केन्द्रमा पठाइएकाले उनकै परिवारले आर्यनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

‘गाउँमा कसैसँग कुनै रिसइबी छैन’ मृतक बालकका बाजेले भने, ‘त्यही बलात्कारीका पिता र दाइले खुल्लेआम पटक पटक म त संग बदला लिन्छु भन्दै धम्की दिँदै आएका थिए ।’ ‘धम्कि अनुसार नै उनीहरुले मेरो नाति मार्यो’ बाजेले भने, ‘यसबारे हामीले वडा सदस्य सिताराम महतोलाई पनि जानकारी गराएका थियौं ।’

दुई बर्षअघि गाउँकै दिनेश भनिने शिवकुमार महतोका छोरा रञ्जीतले जर्वजस्ती करणीको प्रयास गरेका रहेछन् । अभियोग प्रमाणित भएपनि १५ वर्षको भएका कारण रञ्जितलाई सुधार केन्द्रमा राखिएको छ । त्यही रिसइबीका कारण रञ्जितका पिता दिनेश र दाइ प्रदीपले धम्क्याउँदै आएको बाजेले सुनाए।

केहि महिनादेखि नै शाह परिवारमाथि पटक पटक धम्कि र आक्रमणको प्रयास भैरहेको बालकका बाजेले बताए। हत्यारालाई तत्काल पक्राउ गरी कानूनको कटघरामा ल्याउनु पर्ने स्थानिय र मृतक परिवारले माग गरेका छन्।प्रहरीले यस घटना सम्बन्धि आरोपीहरुलाइ पक्राउ गरि अनुसन्धान सुरु गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group