ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँसभाबाट २१ वटा कानून अनुमोदन


admin
२९ बैशाख २०७६, आइतबार   २ : ३७   बजे

जुम्ला,२९ बैशाख । जुम्लाको सिञ्जा गाउँपालिकाले दोस्रो गाउँसभाबाट २१ वटा कानून अनुमोदन गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन स्थानीय सरकारले ऐन, नियम र निर्देशिका निर्माण गरी अनुमोदन गरेको हो ।

बजार अनुगमन निर्देशिका, पूर्वाधार व्यवस्थापन ऐन, स्थानीय शिक्षा ऐन र सहकारी ऐनि २०७६ लगायत २१ कानून गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । गाउँसभाबाट आवश्यक पर्ने कानून अनुमोदन भएकाले काम गर्न सहज हुने उहाँको भनाइ छ ।

उहाँले आवश्यक कानून निर्माण भएकाले अब कार्यान्वयनमा जोड दिइने बताउनुभयो । कानून नभएका कारण गाउँपालिकाबाट हुने विभिन्न काम रोकिएको भन्दै अधिकृत पदमबहादुर भण्डारीले अब काम गर्न सहज हुने बताउनुभयो ।

गाउँपालिकालाई आवश्यक पर्ने जग्गा उपलब्ध भइसकेकाले भवन निर्माणको काम आउँदो आर्थिक वर्षबाट शुरु गर्ने गाउँपालिकाले योजना बनाएको छ । यसैगरी धितालिही–जोडु भाँडगाउँ हुँदै चन्दननाथ नगरपालिकाको जातिभीडसम्म जोड्ने सडकको डिपिआर तयार गरी काम शुरु गर्ने गाउँपालिकाको बृहत् योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu