ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा न्यूरोलोजिकल कार्यशाला सम्पन्न


एबीसी न्यूज
३० बैशाख २०७६, सोमबार   १ : ३१   बजे


काठमाडौं,३० बैशाख । पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको हो ।

उक्त कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र उक्त रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा बालगोपाल कर्माचार्यले जानकारी दिनुभयो । विशेष गरी टाउको र मस्तिष्कको चोटपटक, मेरुदण्डको चोटपटक, मस्तिष्क पक्षाघात, ब्रेन हेमरेज, छारेरोग, मस्तिष्क र मेरुदण्डको सङ्क्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई शुरुको अवस्थामा तत्काल के कस्ता निदानका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको डा कर्माचार्यले बताउनुभयो ।

कार्यशालामा सहभागीलाई कार्यक्रम संयोजक डा कर्माचार्यसहित महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौँका न्यूरोक्रिटीकल विशेषज्ञ डा जेन्टल सुन्दर श्रर, डा प्रज्ञा आचार्य, न्यूरो अस्पताल बासबारी काठमाडौँका डा मयुशबहादुर मुनान्कामी र डा सुवास लोहनी,
मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा निकुञ्ज योगी र डा हरि पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

कार्यशालामा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आइसीयू र न्यूरो आइसीयूमा कार्यरत ८३ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu