ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर विश्वका लागि नै प्रेरणा स्रोत होः राष्ट्रपति


एबीसी न्यूज
३० बैशाख २०७६, सोमबार   ४ : २२   बजे


काठमाडौं,३० बैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी जन्ममहोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मौलिक मिथिला कला, कालिगढी र संस्कृतिको उत्कृष्ट नमूनाका रूपमा विश्वविख्यात जानकी मन्दिरको अवलोकनसहित पूजार्चना र दर्शनले आफ्नो मन प्रसन्न भएको छ भन्नुभयो ।
। प्राचीन मिथिलाको राजधानी सीताको जन्मभूमि ऐतिहासिक पुरातात्विक नगरीस्थित नौलखा मन्दिर परिसरमा आयोजित उत्सवले ‘बसुधैव कुटुम्बकम’को भावना थप सुदृढ पार्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उहाँले संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन सबैको कर्तव्य र पुर्खाले सुम्पिएको महत्वपूर्ण दायित्व भएकामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,” यो पुण्यभूमि जनकपुर जहाँबाट विदेह राजर्षि जनक तथा महर्षि अष्टाबक्रले ज्ञानको ज्याति तथा शान्ति र सहिष्णुताको सन्दैश फैलाए यसको महत्व चिरकालसम्म रहिरहने छ ।“ राष्ट्रपति भण्डारीले यस क्षेत्रका ज्ञानी महर्षिहरूले दिएको ज्ञानको महत्व आज पनि उत्तिकै र यसलाई अनुसरण गर्न सकियो भने समाजमा देखिएका धेरै समस्या सजिलैसँग समाधान गर्न सकिने बताउनुभयो । उहाँले प्राचीनकालमै शिक्षा र सभ्यतामा अग्रणी रहेको यस क्षेत्रमा कतिपय सामाजिक विकृति, विभेद र विसङ्गति विद्यमान हुनु चिन्ताको विषय हो भन्दै यसको अन्त्यका लागि हामी सबै क्रियाशील हुनु सामयिक रहेको स्मरण गराउनुभयो ।

उहाँले गार्गी, मैत्रेयी अनुसूयाजस्ता विदुषीहरूको जन्मभूमि, कर्मभूमि एवम् तपोभूमिको रूपमा रहेको यो पावन क्षेत्र विश्वका लागि प्रेरणा स्रोत र जानकी मन्दिर मुलुकको ऐतिहासिक सांस्कृतिक धरोहर हो भन्नुभयो । उहाँले वेदहरूको उद्गमस्थल यस पवित्र सांस्कृतिक पर्यटकीय क्षेत्र समृद्ध संस्कार र संस्कृतिका लागि अनुपम रहेको बताउनुभयो । मैथिली साहित्यका मूर्धन्य व्यक्तित्व ज्योतीश्वर ठाकुर र महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा तथा साहित्यको श्रीवृद्धि तथा समृद्ध निकाय थप कटिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले विदेह राजा जनकले कृषिकर्म महायज्ञको आयोजना गर्दा दिव्यगुणी सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै अहिले यही भूमि कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखको विषय भएको बताउनुभयो । उहाँले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गर्दै दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न यस उर्वर भूमिको प्रचूर उपयोग गर्नुपर्ने औँल्याउनुभयो । यहाँ अवस्थित अपार प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै आर्थिक समृद्धिमा अग्रसर हुन आह्वान गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरव जानकी मन्दिर र यस समृद्ध भौतिक संरचना, श्रीसम्पत्ति एवं जलजमीन क्षेत्रको संरक्षण तथा सम्बद्र्धनमा सम्बद्ध जिम्मेवार निकायको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

उहाँले सामाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान प्रभावकारी ढङ्गले अघि बढिरहेकामा प्रशंसा पनि गनुृभयो । सो अवसरमा भौतिक पूर्वाधार र यातायातमन्त्री रघुवीर महासेठले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनमा सबैको सहयोगको आवश्यकतामा जोड दिनुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई राष्ट्रिय पर्व मनाउनु पर्नेमा जोड दिँदै मन्दिरको विकास गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्नेछ भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकी नवमी मिथिलावासीका लागि महत्वपूर्ण दिन भएको बताउनुभयो ।

जगत्गुरू डा कृष्णदास महाराजले मिथिला र कौशिकी सभ्यता विश्वका सबैभन्दा प्राचीन सभ्यता भएको बताउँदै सङ्कीर्णतालाई त्याग्दै यस संस्कृतिको संरक्षण र सम्बद्र्धृनका लागि अग्रसरताको खाँचोमा जोड दिनुभयो । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी नवमीलाई राष्ट्रिय पर्वका रूपमा मनाउनाका साथै मन्दिरको संरक्षण र विकासका लागि सरकारी पहलको आवश्यकता छ भन्नुभयो । यसअघि राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजार्चना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group