ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्ति बेपत्ता मुद्दामा पाँच वर्ष कैद


एबीसी न्यूज
३१ बैशाख २०७६, मंगलबार   ४ : ४२   बजे


काठमाडौं, ३१ बैशाख । शिक्षक मख्खन केसीलाई कुटपिट गरी बेपत्ता पारेको अभियोगमा दुई जनालाई रुकुमकोट जिल्ला अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायधीश दुर्गाबहादुर भुसालको इजलासले पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक निवासी खिन्टे भनेर चिनिने विकास बुढामगर र वडा नं– २ हिमका रामराज भनिने रामकृष्ण झाँक्रीलाई जनही पाँच वर्ष कैद र रु ५० हजार जरिवाना सुनाइएको अदालतका श्रेस्तेदार सुुशीलकुमार यादवले बताउनुभयो ।

साथै पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भराइदिने बताइएको छ । त्यसैगरी सोही घटनाका कसुरदारलाई आश्रय दिएको भन्दै वडा नं– २ पेल्माका विनोद खत्रीलाई नौ महीना कैद सजाय सुनाइएको रुकुमकोट जिल्ला अदालते जनाएको छ । केसीलाई बेपत्ता पारेकै अभियोगमा थुनामा परेका सोही वडाका वडाध्यक्ष सतसिङ बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामीले सफाइ पाएका थिए । सोही वडाका दुई अभियुक्त धर्मसुर बुढा र थकान पुन भने अझै फरार छन् ।

खिन्टे पनि भनिने बुढामगर योभन्दा अगाडि पनि जबरर्जस्ती करणी उद्योगमा डेढ वर्षको सजाय काट्दै गरेको अदालतले जनाएको छ । अदालतका अनुसार अहिले पुनःव्यक्ति बेपत्ताको मुद्दामा सजाय काटिरहेको बुढाको नाममा ज्यान मार्ने उद्योगको मुद्दा पनि दर्ता भएको छ । सिस्ने गाउँपालिका–६ रुकुमकोट घर भई पुथा उत्तरगङ्गा गाउँपालिकास्थित आधारभूत विद्यालय पेल्म–२ मा अध्यापनरत शिक्षक केसीलाई गत साउन ३१ गते कुटपिट गर्नाका साथै भदौ १४ गतेदेखि बेपत्ता पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu