ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट


एबीसी न्यूज
१ जेष्ठ २०७६, बुधबार   ८ : २४   बजे


काठमाडौं, १ जेठ । नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए । समारोहमा दोस्रो हुने चलचित्रलाई रु एक लाख ५० हजार तथा तेस्रो हुने चलचित्रलाई रु एक लाख नगद र प्रशंसापत्र प्रदान गरियो ।

समारोहमा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन लेखलाई पुरस्कृत गरियो । महासेनानी रञ्जीत थापा, प्रमुख सेनानी शिवराज पन्त र चिरञ्जीवी भण्डारीका लेख उत्कृष्ट घोषित भए । उत्कृष्ट घोषित लेखका सर्जकलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरियो । सोही समारोहमा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाइल एपकोसमेत शुभारम्भ गर्नुभयो । कार्यक्रममा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने छ वटा रेडियो तथा एफएम स्टेशनलाई कदरपत्र प्रदान गर्नुभयो ।

‘नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा हुने टुमु कोतखाना डिपो, द्वितीय हुने प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय र तृतीय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय लगायतलाई पनि समारोहमा प्रशंसापत्र प्रदान गरियो । प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ । यस्ता प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा ११ चलचित्र सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu