ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा


एबीसी न्यूज
१ जेष्ठ २०७६, बुधबार   १२ : २१   बजे


काठमाडौं, १ जेठ । शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार वर्षात्को समयमा काठमाडौँ उपत्यकामा बढी फोहर थुप्रने गर्दछ त्यसैले सबै फोहर विसर्जन गर्न नसके पनि असारबाट केही फोहर राख्न सकिने गरी निर्माणको काम भइरहेको छ । उहाँले भन्नुभयो, “पूर्णरूपमा काम सम्पन्न हुन तीन वर्ष लाग्छ, फोहर राख्ने स्थानको अभाव हुँदा ड्याम निर्माण गर्दै गर्ने र थोरै भए पनि फोहर पनि राख्ने काम गर्ने योजनामा मन्त्रालय रहेको छ ।” औपचारिकरूपमा निर्माण गत १२ गतेबाट शुरु गरिएको हो । एक महीनाको बोलपत्र आह्वान गर्दा निर्माणको जिम्मा लुम्बिनी कोशी न्यौपाने जेभीले पाएको छ ।

अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम पनि गरिरहेको छ । निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलाई निर्माणको जिम्मा दिनुअघि उक्त स्थल निर्माणको काम स्थानीय तहले गर्ने कि केन्द्र सरकारले भन्ने विषय अन्योल थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

यता कामपाले वर्षात्को समयका लागि सिसडोलकै आसपासमा अल्पकालीन फोहर विसर्जनस्थल तोकेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार वर्षा लागेसँगै फोहरको अनुपातमा वृद्धि हुने भएको र सिसडोलमा फोहर राख्न मिल्ने अवस्था नरहेकाले अन्यत्र स्थानको तय गर्नुपरेको हो । श्रेष्ठका अनुसार वर्षात्को समयका लागि हाल फोहर विसर्जन गर्ने स्थानभन्दा केही तल भिलेज वान र भिलेज टु मा तय गरिएको छ । तेह्र वर्ष अघि दुई वर्षका लागि भनेर काठमाडौँ उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको स्थान धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्दछ । दीर्घकालीन फोहर विसर्जनस्थल निर्माणको कामले गति लिएसँगै काठमाडौँ उपत्यकामा वर्षा लागेसँगै हुने फोहर थुप्रने समस्याबाट उपत्यकावासी मुक्त हुने कामपाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu