ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान


एबीसी न्यूज
१ जेष्ठ २०७६, बुधबार   ५ : ५०   बजे


काठमाडौं, १ जेठ । स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध यहाँ सचेतना अभियान कार्यक्रम थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो ।

बर्डफ्लु रोगका कारण काभ्रेपलाञ्चोककै एक युवकको मृत्यु भएपछि केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम आयोजना गर्नेबारे छलफल भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो । विभिन्न परीक्षणबाट ती युवकमा इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएको पुष्टि भएको थियो । केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बर्डफ्लु रोगविरुद्धको सचेतना कार्यक्रम पाँचखाल नगरपालिकाबाट शुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रमले पाक्दा पनि यदि मासुमा कुनै पनि भाइरस भए पनि मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा सचेतना गराइएको छ । नगरप्रमुख महेश खरेलले भन्नुभयो, “सचेतना कार्यक्रममा बर्डफ्लु रोग तथा यसबारे फैलिएको भ्रमबारे प्रष्ट पारिएको छ ।” जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले प्रत्येक स्थानीय तहमा यस्तै सचेतना दिइँदै जाने कार्यक्रम तय गरेको छ । “अन्य स्थानीय तहसँग सचेतना कार्यक्रम गर्नेबारे छलफल भइरहेको छ”, केन्द्र प्रमुख डा शाहले भन्नुभयो । उहाँका अनुसार जिल्लाका ३५० किसान व्यावसायिक रुपमा कुखुरापालन गर्दै आएका छन् ।

केन्द्रीय राजधानी काठमाडाँैलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि केन्द्रले गत चैत अन्तिम सातादेखि कुखुरापालक किसानलाई जैविक–सुरक्षा (बायो–सेक्युरिटी) सचेतना अभियान सञ्चालन गर्दै आएको थियो । केन्द्र प्रमुख शाहले भन्नुभयो, “हाम्रो प्राविधिक संलग्न टोलीले किसानको फार्र्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसङ्क्रामक (डिसइन्फेक्टेन्ट) औषधि छर्ने विधि र कुखुरा हेरालुलाई समेत पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाउँदै आएका छौँ ।” उहाँका अनुसार हालसम्म जिल्लाको कुनै पनि क्षेत्रमा बर्ड फ्लुजन्य सङ्क्रमण भने भेटिएको छैन ।

केन्द्रले जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को निर्देशनमा गत चैत दोस्रो साता काभे्रपलाञ्चोकको तीनवटा नाका साँगा, नाला र मङ्गलटारमा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा जाँच चौकी राखिसकेको छ । जाँच चौकीमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइने गरिएको छ । जाँच चौकीमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu