ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख– प्रबक्ता श्रेष्ठ


एबीसी न्यूज
२ जेष्ठ २०७६, बिहिबार   ८ : २८   बजे

गोरखा, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ।

“भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उहाँले भन्नुभयो, “अब आउने बजेट पनि समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित भएको हुनेछ ।” आउँदो जेठ १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । “सरकार पक्ष मात्र होइन, प्रतिपक्षलाई समेत समेट्ने गरी बजेट आउँछ”, उहाँले भन्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँदै निर्वाचनका बेला जनतासँग गरेका सबै खालका प्रतिबद्धता नयाँ बजेटमा समावेश गर्ने उल्लेख गर्नुभयो ।

“हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार यो पटक वृद्धभत्ता बढाउने तयारी गरेका छौँ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “बजेटका सैद्धान्तिक पक्षका बारेमा अर्थमन्त्रीले प्रिबजेट छलफलमा सबै कुरा प्रस्तुत गरिसक्नुभएको छ ।” उहाँले सरकारले ल्याउने बजेट पार्टीको घोषणापत्रलाई केन्द्रविन्दुमा राखेर नै अगाडि बढाउने बताउनुभयो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्केलगत्तै बजेटका विषयमा बृहत् छलफल हुने र त्यसका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्यायसहित नयाँ बजेट आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu