ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारको सुरक्षामा खटिएका प्रहरीको पेस्तोल हरायो


एबीसी न्यूज
२ जेष्ठ २०७६, बिहिबार   ९ : ३२   बजे

झापा, २ जेठ । झापा जिल्लाको कारागारको सुरक्षाका लागि खटिएका एक प्रहरीको इटालियन पेस्तोल सहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

सुरक्षामा खटिएका एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाए पनि प्रहरी भित्रैबाट पेस्तोल हराएको घटना सार्वजनिक भएको हो । प्रहरी जवान कुमार भोटेलाई सुरक्षामा खटिने एक जवानले पेस्तोल जिम्मा दिएको प्रहरीको रेकर्डमा उल्लेख छ । तर पेस्तोल र १४ राउण्ड गोली भने बुझाएको समयदेखि प्रहरी भित्रैबाट गायव भएको छ । बुझाउने प्रहरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरी नायव निरीक्षक नरेश आचार्य एक साताअघि घर बिदामा गएका बेला कारागारको सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हिरण सिंहलाई दिइएको थियो । सोही समयदेखि पेस्तोल र गोली हराएको प्रहरीले बताए पनि कुन दिनदेखि हरायो प्रहरी स्वयं अनविज्ञ छ ।

कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu