ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” बिमोचन


एबीसी न्यूज
२ जेष्ठ २०७६, बिहिबार   ६ : ५६   बजे


काठमाडौं, २ जेठ । पत्रकार किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सीटी, लगं बीचमा आइतबार बिमोचन गरियो ।

विश्वविद्यालयको प्रोफेसनल तथा इनटरनेशनल एजुकेशनका उपाध्यक्ष तथा डिन जित जोशीले होस्ट गरेको कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, नेपाली अवैतनिक राजदुत रिषी ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल र डिन जोशीले संयुक्तरुपमा विमोचन गरेका थिए ।

विश्वविद्यालयका डिन जित जोशीले नेपाली हु इज ह, आजको अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गरे । उनले बिधार्थी र अनुसन्धातालाइ उपयोगी हुने पुस्तक भएकोले आफ्नो विश्वविद्यालयले इन्डोर्स गरेको जानकारि दिए । ‘हामी बढी भन्दा बढी विश्वविद्यालयहरुमा यो पुस्तक पु–याउने छौँ ताकी नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकुन’ जोशीले भने । एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भुमीमा गरेको संधर्ष र सफलताको दस्तावेज भएको बताए । ‘नेपाली हु इज हु आजको पुस्ताको सजिव कहानी हो र नयाँपुस्ताको लागी प्रेरणा हो’ उनले भने ।

अवैतनिक महाबाणिज्यदुत रिषी ढकालले पुस्तक तयार पार्नक्रममा मरहट्ठाले गरेको मेहनत र लगावको प्रसंशा गर्दै नेपाली हु इज हुलाइ अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सहहनीय भएको बताए । ‘यो पुस्तक आफैमा एक सन्दर्भ सामग्री हो’ ढकालले टिप्पणी गरे । पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधिमुलक कथाहरु समेटिएका छन् । लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पुरा हुन नसकेको जानकारि दिए । ‘नेपालीको प्रगतिको कथालाइ अमेरिकी मुलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरु छुटेका छन् आगामी संस्करणमा उनिहरुलाइ समेट्ने कोसिश गर्नेछु’ उनले भने ।

पुस्तकको प्रवर्धनात्मक भिडियो समेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेशनका निर्देशक तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवासायी, लेखक तथा कलाकर्मी, समाजसेवी र योगं अचिभर्स गरि पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए । कार्यक्रममा महिला उद्यामी यमुना भट्टराइ, अनुसुया वन्त, र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए ।

सांग्रीला बुक अमेरिकाले वितरण गरेको यो पुस्तक हुइजहुनेपाली डटकम ( www.whoiswhonepali.com ) मा अनलाइन किन्न सकिन्छ । नेपाली लेखकलाइ अमेरिकी विश्वविद्यालयले होस्ट गरेको यो पहिलो पटक हो । एबिसि टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि द होप र मिडिया इन मास पुस्तक लेखेका थिए । उनी ‘मेसी द म्यान एट बार्सा’ डकुमेन्ट्रिका निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu