ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भईरहेको छ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
३ जेष्ठ २०७६, शुक्रबार   ११ : ५५   बजे

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भईरहेको बताउनुभएको छ ।

मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक बर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भईरहेको बताउनुभएको हो ।

उहाँले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्धन्द्ध मच्चाउन खोज्ने प्रयास भईरहेको दाबी गर्नुभयो । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुसासनहिन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भईरहेको भन्दै त्यस तर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी गर्नुभयो ।
राष्ट्रपतिले विश्वभर नै मेरो सरकार भनेर नै सम्बोधन गर्ने गरेको भन्दै उहाँले राष्ट्रपतिको सम्बोधनलाई लिएर विपक्षी दलले स्याल हुईयाँ मच्चाउने काम गरेको दाबी गर्नुभयो । मेरो सरकारको विषय उचालेर नेपाली कांग्रेसले राष्ट्रपतिको भन्दा पनि गणतन्त्रतात्मक प्रणाली र पद्धतिको विरोध गरेको टिप्पणी उहाँले गर्नुभयो ।
जनताको पक्षमा काम गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा पार्टीले स्पष्ट दुई तिहाई मत प्राप्त गर्ने दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन । अहिले हामीसंग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार । ”प्रतिक्रियावादी, नेपालविरोधी, जनविरोधी शक्तिका दुराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पुर्णता दिने काम भएको र जनवर्गिय संगठनहरुको एकिकरण गरि नेतृत्वहरुको टुंगो लगाईएको बताउनुभयो । छुटेकाहरु बांकी संगठनमा समेटिदै जाने भन्दै उहाँले एकता र एकिकरणको भावनालाई ध्यानमा राखेर मन फराकिलो बनाउदै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “फराकिलो ढंगले पार्टी एकताको पक्षमा हामी छौ । त्यसैले यतिबेला चित्त सानो पार्ने होइन , यतिबेला मन दुखाउने होइन । यतिबेला फराकिलो पन र फराकिलो मनका साथ एकता र एकिकरणको भावनालाई ध्यानमा राख्दै हामी दुईवटा पार्टी मिलाएर , दुईवटा वैचारिक धारहरुलाई मिलाएर एउटा ठाउँमा ल्याउदै छौ । एउटा पार्टी बनाएका छौ । र त्यसलाई नछुटिने गरि अन्तरघुलित गर्दैछौ । यस कुरालाई बुझेर नै साथीहरुले नेतृत्व गर्नुहुनेछ भन्ने मैले बुझेको छु । ”
एकता र एकिकरणको सवालमा केही काम बाँकी रहेको भएपनि ती काम पनि केही दिन भित्र नै पुरा हुने विश्वास दिलाउनुभयो ।उहाँले पराजित प्रतिक्रियावादी शक्तिहरुले सहजै पराजय स्वीकार्न नसक्ने र उनीहरु सधै जनताको खुसीलाई भत्काउन लागि पर्ने गरेकाले सरकारका आगाडि धेरै चुनौति रहेको टिप्पणी गर्नुभयो । उहाँले पुर्वाधार निर्माण, कृषिको आधुनिकीकरण, उद्योग पर्यटन र सेवा क्षेत्रको विकास, रोजगारीको अवसर श्रृजना गरि मुलुकमा सवल अर्थतन्त्र बनाउने काममा सरकार लागेकाले निरपेक्ष गरिबीको रेखामुनि भन्ने कुरा लामो समय नरहेने दाबी गर्नुभयो ।

उहाँले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार लगायतमा छानविन सुरु गरेको सरकार विरुद्ध नै हमला भईरहेको गुनासो गर्नुभयो । उहाँले आफ्नो ध्यान भ्रष्टाचार नगर्ने र गर्न नदिनेमा रहेको दोहोर्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group