ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीयद्धारा नेपाली कुटिए, स्थिति तनावग्रस्त


एबीसी न्यूज
३ जेष्ठ २०७६, शुक्रबार   १ : ३०   बजे


काठमाडौं, ३ जेठ । पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ ।

इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए । किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताउनुभयो ।

सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए । भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् । भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारसँग टेलिफोन सम्पर्क गर्दा उहाँले दोषीहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको बताउनुभयो । सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ । सो घटनालाई लिएर नेपाल–भारतबीचका जनताबीच कुनै अप्रिय घटना नहोस् भनेर दुवै देशका सुरक्षा अधिकारी सचेत रहेका छन् ।

गोली प्रहारबाट घाइते भएका शेखको मृत्यु यसैगरी पर्सा जिल्लाको जिराभवानीपुर गाउँपालिका–१ का ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई घरायसी विवादका कारण गए राति ७.४५ बजेतिर कटुवा पेस्तोलले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइतेलाई उपचारका लागि वीरगञ्जतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादर राईले बताउनुभयो । गोली हान्ने शेख सेरामुद्धिनलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu