ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगलमा शंकास्पद मृत्यु भएको अवस्थामा दुई शव फेला


एबीसी न्यूज
३ जेष्ठ २०७६, शुक्रबार   १ : १९   बजे


काठमाडौं, ३ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला परेको बताउनुभयो ।

सो वडाका वडाध्यक्ष दूधराज तामाङका अनुसार गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा पानी नआएपछि मुहानतर्फ हेर्न भनि बुधबार दुवै जना घरबाट निस्केको र बेलुका घर नआएपछि घरपरिवार र गाउँले मिलेर खोज्ने क्रममा तीन दिनपछि आज बिहान भाङ्गेटारको जङ्गलमा मृतावस्थामा फेला पारेको हो ।

अध्यक्ष तामाङका अनुसार मृत फेला पर्नेमा सोही वडाका अन्दाजी ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षीय नरबहादुर लामा रहेका छन् । उनीहरुसँगै गएका एक कुकुर पनि सोही ठाउँमा मृतावस्थामा भेटिएको जनाइएको छ । मृतकको शरीर केही जलेको जस्तो देखिएको र एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा रहेको छ ।

घटनाको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरीको टोली पठाइसकेको भए पनि घटनास्थल नपुगेको कारण विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu