काठमाडौं,४ जेठ । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै निश्चित भएको छैन । नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार निश्चित नभएको हो ।
स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ । कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ ।
जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन । नेपाल र जापानबीच गत चैत ११ गते श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्