ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिशु बुद्धलाई कपिलवस्तु भित्र्याइयो


एबीसी न्यूज
६ जेष्ठ २०७६, सोमबार   ६ : ४७   बजे

काठमाडौं, ६ जेठ । बुद्ध जयन्तीको दोस्रो दिन आइतवार लुम्बिनीमा जन्मिनुभएका शाक्यमुनि बुद्धलाई शिशु बुद्धका रुपमा बाजागाजाका साथ रथयात्रासहित उहाँको गृहनगर कपिलवस्तु भित्र्याइएको छ । कपिलवस्तु राज्यबाट माइतीघर देवदह जाँदै गर्दा लुम्बिनी बगैँचामा मायादेवीको कोखबाट शाक्यमुनि बुद्धको जन्म भएको र नवजात शिशु बुद्धलाई तत्कालीन अवस्थामा राजा शुद्धोधनले बाजागाजाका साथ गृह राज्य कपिलवस्तु ल्याएको स्मरण गर्दै कपिलवस्तुमा शिशु बुद्धलाई भित्र्याइएको हो ।

रथलाई सजाएर शिशु बुद्धको धातुको मूर्ति राखेर यात्रा गरिएको हो । तिलौराकोट दरबार क्षेत्रबाट करीब दुई सय मोटसाइकल, रथ, गाडी तथा बाजागाजाका साथ निस्केको ¥यालीले लुम्बिनीबाट शिशु बुद्धलाई तिलौराकोट दरबारमा भित्र्याएको थियो । गौतम बुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको साङ्केतिक रुपधारण गरी रथ यात्रा गरेर कपिलवस्तुमा बुद्ध जन्मोत्सव मनाइएको हो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजा शुद्धोधन, रानी मायादेवी र शिशु बुद्धलाई तिलौराकोट दरबार क्षेत्रमा स्वागत गर्नुभएको थियो ।

बुद्ध जयन्तीको कार्यक्रमलाई थप भव्य बनाउन र आन्तरिक तथा बाह्य पर्यटकको लुम्बिनी कपिलवस्तु बसाइलाई लम्ब्याउन महोत्सव निकै फलदायी हुने अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सो अवसरमा शाक्यमुनि बुद्धको मावली देवदहबाट देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले ल्याउनुभएको कोसेली कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group