ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाद्धारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग


एबीसी न्यूज
८ जेष्ठ २०७६, बुधबार   ३ : ०१   बजे


काठमाडौं, ८ जेठ ।  राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश/थरूहट आन्दोलनको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली काङ्ग्रेसका पुष्पा भुसालले संविधान, अन्तर्राष्ट्रिय मानवअधिकारको विधि, मूल्यमान्यताका आधारमा प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याउन माग गर्दै सरकारले ल्याएको विधेयक लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएकाले आफ्नो पार्टीलाई विधेयक मान्य नरहेको स्पष्ट पार्नुभयो ।

नेका संसदीय दलको सचेतकसमेत रहनुभएका भुषालले राज्य नियन्त्रित मिडिया काउन्सिल विधेयक ल्याउन लागेको चर्चा गर्दै प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । शून्य समय बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । यस क्रममा सांसद भरतकुमार शाहले रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउन माग गर्नुभयो । सांसद महेन्द्रकुमारी लिम्बूले महिला, बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिन आग्रह गर्दै आजसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद रहेको बताउनुभयो ।

सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले छायाँ सरकार गठन गरेकामा बधाई दिँदै सरकारलाई रचनात्मक सहयोग पु¥याउन आग्रह गर्नुभयो । सांसद मीना विश्वकर्माले महाराजगञ्जस्थित शहीद गङ्गालाल हृदयरोग अस्पतालमा उपचाररत एक बालिकाको मृत्यु के कारणले भयो भन्ने प्रश्न गर्दै सो घटनाका बारेमा छानबिन गर्न माग गर्नुभयो । सांसद मीना सुब्बाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ध्यान दिन र तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको जमीन खोज गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले कोटेश्वर कलङ्की सडक चौडा गरिए पनि सडक दुर्घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै ठाउँठाउँमा पैदल यात्रीका लागि आकाशेपुल बनाउन सुझावसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu