ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा एक युवकको ढुंगाले हानेर हत्या


एबीसी न्यूज
८ जेष्ठ २०७६, बुधबार   ३ : ५२   बजे


काठमाडौं, ८ जेठ । केही दिनअघि मात्र मृत फेला परेका कपिलवस्तु वाणगंगा नगरपालिका ६ का युवकको हत्या उनकै साथीद्धारा गरेको खुलेको छ ।

होटलमा मदिरा खाँदा उत्पन्न भएको सामान्य विवादपछि २७ वर्षका चिरञ्जीवि आचार्यको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।

रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा आचार्यको भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एम थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए ।

वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा आचार्यसहित ५ जना बसेर मदिरा पिउने क्रममा मोवाइल र १३ हजार रुपैयाँको विषयमा विवाद भएको थियो ।

मदिराकै तालमा एउटाले मोवाइल हराउछ, अनि एकले अर्काेलाई चोर दोष लगाउने गर्दागर्दै विवाद बढेको थियो । विवाद भएपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर सालझण्डी आएको र जंगलमा ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आचार्यको हत्यापछि मोटरसाइकललाई बाणगंगा १ मा रहेको खायरखानी जंगलमा लगेर चारै जना भागेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा कपिलवस्तु बाणगंगा ६ का २० बर्षका राजु बिक, ३३ वर्षका रमेश बिक, २८ बर्षका गोपाल खनाल, २४ बर्षका बसन्त खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group