काठमाडौं,१० जेठ । वाइडबडी प्रकरणबारे सार्वजनिक सुनुवाइ हुने भएको छ । नेपालका लागि नेपाली अभियान’ले जेठ ११ गते वसन्तपुर डबलीमा उक्त कार्यक्रम गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्यान्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरिद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन लागिएको बताइएको छ ।
वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताइएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुनेछ।
प्रतिक्रिया दिनुहोस्