ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी


admin
११ जेष्ठ २०७६, शनिबार   १२ : ०७   बजे

काठमाडौं,११ जेठ । जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय(ई) हाजिरी जडान गरिएको हो ।

विद्युतीय हाजिरी जडान गरिएपछि नियमित विद्यालय नआउने तथा राजनीतिमा संलग्न हुने शिक्षकले समेत नियमित विद्यालय आउनुपरेको छ । ई–हाजिरी जडान गरेपछि विद्यालयमा शिक्षको उपस्थिति नियमित देखिन थालेको सरस्वती मावि सेलिचामाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

विगतमा ई–हाजिरी नहुँदा शिक्षक एकै पटकमा बिदा बसेको समयको पनि हाजिरी लगाउने परम्परा थियो । अहिले ई–हाजिरीले शिक्षकको उपस्थिति निगरानी गर्न सहज भएको छ । मालिकार्जुन गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभरिका चार माध्यमिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ ।

अहिले नमूनाका रुपमा केही विद्यालयमा मात्रै ई–हाजिरी जडान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दशरथ भट्टले जानकारी दिनुभयो । मालिकार्जुनमा ११ माध्यमिक विद्यालय छन् । चालू वर्षमा बजेट पनि कम छु्ययाइएका कारण चार विद्यालयमा मात्र जडान गरिएको छ ।

गाउँपालिकाले निलेपातेश्वर मावि भर्तोला, सरस्वती मावि सेलिचामा, शङ्करपुर मावि पस्तीमा ई–हानिरी जडान गरिएको र मालिकार्जुन मावि मडमा जोड्ने तयारी रहेको भट्टले बताउनुभयो । महाकाली नगरपालिकाले सबै माध्यमिक विद्यालयमा विद्युतीय हाजिर जडान गरेको छ ।

विद्युतीय हाजिरी जडान गरेपछि शिक्षकको नियमित उपस्थिति बढेको राष्ट्यि मावि दत्तुका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाले गतवर्ष नै सबै विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिका कार्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । विद्युतीय हाजिरीले कर्मचारीको कामको मूल्याङ्कन गर्न सजिलो हुने हुँदा प्राथमिकताका साथ ई हाजिरी जडान गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।

पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले प्रविधि भित्र्याउन थालेका छन् । स्थानीय तहबीच विद्युतीय हाजिरी, सिसी क्यामरा जडानदेखि डिजिटल नागरिक बडापत्र राख्ने काम चलेको छ । कार्यालयबाहिर डिजिटल बडापत्रमार्फत गाउँपालिकाका गतिविधि देखाउने काम गरिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu