ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको आयस्रोत नबढेसम्म देश विकास हुँदैन: मन्त्री नरदेवी पुन मगर


admin
११ जेष्ठ २०७६, शनिबार   ३ : ३२   बजे

काठमाडौ,११ जेठ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले पोखरामा उद्यमी महिलासँग गरेको उद्यमशीलता विकास सम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा उहाँले उद्यमीहरुले उत्पादन गरेका वस्तुको बजार विकासलाई सरकारले व्यवस्थित गर्नुपर्ने मुख्य चुनौती खडा भएकाले अव बन्ने बजेट महिलाको हितमा आउनुपर्नेमा जोड दिनुभयो ।

महिला हिंसा विरुद्ध हुने विभिन्न किसिमका गतिविधिको अन्त्य र निराकरण गर्नका लागि महिलाको आर्थिक सवलताको पाटो पनि बलियो हुनुपर्नु उहाँको भनाइ थियो । राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले महिलालाई अग्रसर बनाउन आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको नारालाई सार्थक बनाउन महिलाको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । उद्यमशिलतामा अगाडि बढ्नका लागि आइपरेका अप्ठ्यारालाई कसरी समाधान गर्ने र निकास निकाल्नका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने उहाँको भनाइ थियो ।

राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत मीरा शेरचनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उद्यमी महिलाका लागि भएका नीति, नियम र व्यवस्थाका बारेमा जानकारी गराउनुभयो । महिला उद्यमी रामकली खड्काले उद्यमशीलताको क्षेत्रमा महिलालाई राज्य विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

हस्तकलादेखि कृषि क्षेत्रमा रहे तापनि उत्पादित कृषिजन्य वस्तु भण्डारण गर्न उचित स्थान नहुँदा मेहनत खेर गइरहेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका शाखा प्रबन्धक ओमप्रकाश पोखरेलले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान तथा महिलाका लागि व्यवस्था गरिएको मौद्रिक नीतिबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका करीब ५० महिला उद्यमीको सहभागिता रहेको थियो । अन्तक्र्रिया कार्यक्रमका सहभागीले आफूले उत्पादन गरेका वस्तुको प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group