ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिडी, डिभिडी र मोबाइलका कारण सिनेमाघर बन्द


admin
१२ जेष्ठ २०७६, आइतबार   ३ : ११   बजे

सिरहा, १२ जेठ । सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका प्रायःसबै सिनेमाघर बन्द भएका हुन्।

विगत एकदशक अघिसम्म जिल्लामा एक दर्जन सिनेमा घर सञ्चालनमा रहे पनि अहिले जेनतेन एउटा मात्र सञ्चालनमा छ । लहानमा सञ्चालित पशुपति सिनेमा चलचित्र मन्दिरबाहेक अधिकांश सिनेमा घर बन्द भइसकेका छन् ।

सूचना र प्रविधिको विकासले अहिले सिनेमाघर बन्द हुँदा करोडौँ रुपैयाँ घाटा भएको सिनेमा घर सञ्चालकले बताएका छन् । एकदशक अघिसम्म सिरहामा आधादर्जन सिनेमा घर सञ्चालित थिए । सिनेमाघर बन्द रहँदा करोडौँ मूल्य बराबरको सम्पत्ति प्रयोगविहीन हुनाका साथै भवनसमेत जीर्ण भएका छन् । नयाँ चलचित्र शुभारम्भ गर्नासाथ बजारमा त्यसको सिडी र डिभिडी उपलब्ध हुने भएकाले पनि चलचित्र घरसम्म पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या अहिले निकै कम भइसकेको छ ।

लहानस्थित श्याम चलचित्र मन्दिरका सञ्चालक नीरज गुप्ताले भन्नुभयो, “बिस्तारै बिस्तारै सिनेमाप्रति सर्वसाधारणका चाहना घट्दै गएको छ । पहिलापहिला सिनेमा हलमा दर्शकको भीड हुन्थ्यो अहिले त विरलै हल भरिने गरेको छ ।

” सर्वसाधारणको चलचित्रप्रति चाहना घट्दै गएकाले सिनेमाघर सञ्चालन गर्न समस्या भइरहेको गुनासो गर्दै उहाँले जोड दिनुभयो, “दर्शक कम भएपछि लगानीको अनुपातमा आम्दानी कम हुन्छ, लगानी बढी हुने भएकाले हल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।”

बजारमा सस्तो मूल्यमै पाइने सिडी, डिभिडी र मोबाइलमा विभिन्न किसिमका फिल्म हेर्न पाइहाल्छ, अनि किन सिनेमा हेर्न सिनेमा हल जानुप¥यो?” स्थानीयवासी सत्यनारायण चौधरी भन्नुहुन्छ, “अब तीन घण्टासम्म सिनेमाघर बसेर सिनेमा हेर्नुपर्ने बाध्यता टरेर गएको छ ।

घरमै बसेर जतिखेर पनि इच्छा लागेको फिल्म हेर्न पाइहालिन्छ नि ।” बजारमा तीन–चार हजारसम्ममा पाइने सिडी, डिभिडी भाडामा पाइने भएकाले सिनेमाघर जानुपर्ने बानी छुटिसकेको जानकारी दिँदै उहाँ बताउनुहुन्छ, “थोरै पैसामा सबै परिवार एकै ठाउँमा बसेर फिल्म पनि हेरिहालिन्छ, समयको पनि बचत हुन्छ, यसैले सिनेमा हलमा पुगेर सिनेमा हेर्ने बाध्यता अहिले छैन । ”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group