काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आज दिउसो भएको विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।
सुकेधाराको विस्फोटमा २ जनाको र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुई ठाउँमा गरेर ६ जना घाइते भएका छन् । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ ।
घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । घट्टेकुलोमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ । ‘घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, तर पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्