ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उप प्रमुख खातुनको दादा गिरी, कार्यालयको कम्प्युटर तोड़फोड


एबीसी न्यूज
१३ जेष्ठ २०७६, सोमबार   ८ : २२   बजे

रौतहट, १३ जेठ / रौतहटको एक स्थानीय तहमा आफ्नो भागमा कम योजना पारेको भन्दै उप उप प्रमुखले कार्यलयको समान तोडफोड़ गरेका छन । आईतबार रौतहट जिल्लाको गुजरा नगरपालिकाकी उप नगर प्रमुखले नै नगरपालिकामा तोड फोड गरेकी छिन ।

तोड़फोडमा उप प्रमुख रौशन खातुन शेख स्वयम उनका श्रीमान शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान र भाई एकवाल हुशैन संलग्न रहेको नगर प्रमुख सन्तलाल धामीले जानकारी दिएका छन् । गुजरा नगरपालिकाकी उप प्रमुख खातुन सहितका समूहले आईतबार दिउसो ४ बजेको समयमा प्राविधिक शाखाको एक थान ल्याप्टप, एक थान कम्युटर तोडफोड तथा कार्यलयको अवश्यक कागजात च्यातेको नगरपालिकाका ईन्जिनियर प्रविण साहले जानकारी दिएका छन् ।

उनीहरुले योजना शाखाको समान समेत तोडफोड गर्ने प्रयास असफल भएको र तोडफोडमा संलग्न रहेका चारजना विरुद्ध सोमबार आफुले प्रहरीमा किटानी जाहेरी दिने नगर प्रमुख सन्तलाल धामीले बताएका छन । उनका अनुसार नगरका सम्पूर्ण योजना तर्जुमा तथा योजनाहरू उप प्रमुख कै अध्यक्षतामा पास भएको र अहिले आफैले असहमति जनाउदै तोड़फोड गर्दै अराजकता फैलाएको आरोप लगाए ! नगर प्रमुख धामीले भने आफुलाई असफल बनाउनका लागि उप प्रमुखका श्रीमान शेख बद्रुदिन सहितका व्यक्ति सक्रिय भएर लागेको बताए ।

प्रशासकीय प्रमुख जामुन चौधरीले आफुहरू नगरको विकास चाहेको भएपनि उप प्रमुखका श्रीमानको मनलाग्दीका कारण उप प्रमुख अराजकतामा उत्रेको आरोप लगाएका छन । त्यस्तै नगरपालिकाका कर्मचारीहरुले उप प्रमुखको मनोमानीका कारण आफुहरुले काम गर्न सक्ने अवस्था नरहेको बताउदै आएका छन रौतहट जिल्लाका अधिकांस स्थानीय तहमा प्रमुख र उप प्रमुख बिचको बिवादका कारण विकास निर्माणको काम प्रभाबित बन्दै आएको छ ।

गुजरा नगरपालिका प्रमुख धामी र खातुन एकै पार्टी राजपाबाट निर्वार्चित प्रतिनिधि हुन । यता उप प्रमुखले कार्यालयमा गरेको तोडफ़ोडको बिरोधमा स्थानीय युवाहरुले उप प्रमुख खातुनको कार्यकक्षमा ताला लगाएका छन् ! उप प्रमुख खातुनले भने आफ्नो योजना अनुसार काम नभएका कारण बाध्य भएर तोडफोड गर्नु परेको जानकारी दिईएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group