ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामको ज्याला नपाएपछि…


admin
१३ जेष्ठ २०७६, सोमबार   १२ : ०८   बजे

बाजुरा, १३ जेठ । काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ । जिल्लीको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह आधा काम गराएर सम्पर्क बाहिर रहेका छन् ।

काम गरेको दुई वर्ष बितिसक्दा पनि ज्याला नदिएको स्थानीय डबल विकले जानकारी दिनुभयो । स्थानीय ५० जना बढी कामदारले ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्तडीमा उजुरी दिएका छन् । प्रतिजाली रु तीन हजारका दरले सहमतिका आधारमा २५३ जाली भर्न लगाएको कामदारले बताउने गरेका छन् ।

रु एक करोडको लागतमा बस्ती संरक्षणका लागि जाली भर्ने जिम्मा लिए पनि काम पूरा हुन सकेको छैन । ठेकेदार हर्कबहादुरले पुरानै कामको ज्याला नदिएर बीचमै छोडेर सम्पर्कविहीन बनेका छन् । विसं २०७३ मा सम्झौता गरी २०७५ सालमा निर्माण सक्नुपर्ने सम्झौता गरिएको थियो ।

एक हजार २०० जाली भर्ने गरी सम्झौता गरिएको भए पनि हालसम्म २० प्रतिशत पनि काम नगरेको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । तर ठेकेदारले अरुले हालेको जालीलाई समेत प्राविधिक स्टमेटमा देखाएर आधा बढी भुक्तानी लिइसकेको स्रोतको दाबी छ ।

ज्याला पाउनुपर्ने मागसहित स्थानीय ३१ जनाले जिल्ला प्रशासन कार्यालय बाजुरामा संयुक्तरुपमा उजुरी दिएका छन् । वडा कार्यालयले पनि वर्षात्मा जिल्लीको गाउँ नै जोखिममा रहेकाले, पहिरो रोकथामका लागि पनि जाली भर्न काम तत्काल गराउन प्रशासनको ध्यानाकर्षण गराएको छ ।

कामदारको ज्याला भर्तीसँगै बस्ती संरक्षणका लागि पनि ठेकेदारलाई तत्काल काम लगाउनुपर्ने माग वडा कार्यालयको रहेको छ तर प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने आवश्यक प्रक्रिया बुझेर जानकारी गराउने बताउनुभएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमध्ये कस्ले निर्माणको जिम्मा लिने भन्नेमा अन्योल हुँदा पनि ढिलाइ भएको बुझिएको छ ।

करोड बढी बजेटमा ठेकेदारले ठगी गरेको र जनतालाई खुलेआम ठगेको भन्दै माग सुनुवाइ नभए प्रशासन कार्यालयमा धर्ना बस्ने जिल्लीवासीको भनाइ छ । ठेकेदारकै लापर्वाहीले विकास निर्माणमा ढिलाइ भइरहेकाले कमजोरी गर्नेलाई कारवाही गर्नु पर्ने वडाध्यक्ष धर्मराज पाध्यायको भनाइ रहेको छ । समयमै बस्ती संरक्षण नगरिँदा जिल्लीका ८५ परिवार पहिरोको उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu