ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ११ : २३   बजे

पर्वत, १४ जेठ । पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् ।

उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताउनुभयो । छ महीनादेखि शङ्करपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालीम गरिरहेकी मनिषा तालीममा जान घरबाट निस्किएकी थिइन् ।

तर, घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी शुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताउनुभयो ।

चितवन माइती भएकी मनिषाले दुई वर्षअघि विवाह गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कविहीन रहेकी मनिषाको खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले जिल्लाका सबै प्रहरी युनिटसहित छिमेकी जिल्लाका प्रहरी कार्यालयमा पनि फोटोसहित खोजीकार्यका लागि सूचना पठाइएको जानकारी दिनुभयो । एक्कासि महिला बेपत्ता भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group