ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिसी क्यामेराको जडान गर्न करीब रु छ करोड


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   १२ : ३७   बजे

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न थप रु दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ । कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो ।

सुरक्षालाई मध्यनजर गर्दै कामपाले गत फागुन १५ गते रु तीन करोड उपलब्ध गराइसकेको छ । महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो । महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।

सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रण, वैज्ञानिक रुपमा प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास कामपाको रहेको छ । शहरी योजना आयोगमा बस्नेत काठमाडौँ महानगरपालिकाको ३३औँ नगर कार्यपालिका बैठकले शहरी योजना आयोगमा सरोज बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको छ । गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगरसभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उहाँलाई उपाध्यक्ष नियुक्त गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । बस्नेत यसअघि आयोगको सदस्यसचिव हुनुहुन्थ्यो ।

ऐनअनुसार आयोगको अध्यक्षमा कामपाको प्रमुख रहने व्यवस्था रहेको छ । त्यसैगरी उक्त बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ । बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका योजना कार्यान्वयन गर्दा महानगरसँग समन्वय गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आग्रह गर्नुभयो ।

महानगरको सन्तुलित र योजनावद्ध बिकासका लागि आगामी नगरसभामा प्रस्तुत हुने प्रस्ताव वडा समितिबाट अनुमोदन गरेर समयमा नै पठाउन पनि शाक्यले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group