ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमानले गरीबीका कारण आत्महत्या गरेपछि, श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   १ : ००   बजे

गलेश्वर, १४ जेठ । दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उहाँको परिवार बिचल्लीमा परेको छ ।

चरम गरीबीका कारण छोराछोरीलाई पेटभरि खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली भएको हो । दुई वर्षअघि लोग्नेले यो संसार छाडेर गएपछि छिमेकीको घरमा बस्दै आएकी अमबहादुरकी श्रीमती डल्लीले पाँच छोराछोरीलाई बिहान–बेलुकी हातमुख जोड्न र विद्यालयमा पढाउन निकै समस्या भएको बताउनुभयो । बिदा र फुर्सदको समयमा गाउँमा काम गरेर सङ्कलन गरेको पैसाले घरखर्च र शैक्षिक सामग्री खरीद गर्ने गरेको कैशाल माविको कक्षा १० मा अध्ययरत रामजालीकी छोरी कुशुमले बताइन् ।

“अर्काको घरमा बस्छौँ, चुल्होमा मिठो खानेकुरा पाक्दैन”, उनले भनिन् । उनले छिमेकी र आफन्तलाई मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको बताइन् । गरीबीको कारण जेठी छोरी कुमारी राम्जालीले एसइई उत्तीर्ण गरेपछि पढाइ छाडेर घरखर्च जुटाउन दैनिक छिमेकीको खेतमा काम गर्ने गरेकी छन् । कुमारीले भाइबहिनीको पढाइलाई निरन्तरता दिन ज्याला मजदूरी गर्नुपरेको वडा सदस्य मनकुमार गर्बुजाले जानकारी दिनुभयो । गाउँलेको खेतबारी तथा मेलापर्वमा काम गरेर कुमारीले खर्ज जुटाउने गर्नुभएको छ । उहाँका अनुसार कुमारी पढाइमा समेत अब्बल भए पनि गाउँबाट उच्च शिक्षाका लागि सदरमुकाम जान सक्ने अवस्था नभएकाले घरमै बसेर मेलापात गरी आमा र भाइ बहिनीको हेरचाह गर्नुभएको हो । कुमारीको ज्याला मजदूरीबाट कुसुमले कक्षा १०, कुमारले कक्षा आठ, करिना कक्षा चार र काजल कक्षा चारमा पढ्दै आएका छन् ।

करिना र काजल जुम्ल्याहा हुन् । पढ्ने वातावरण भएमा राम्जालीका छोराछोरी पढाइमा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर गर्बुजाले बताउनुभयो । उहाँले विद्यालयबाट समेत आवश्यक सहयोग गर्ने गरेको बताउनुभयो । “उनीहरूलाई सहयोगको आवश्यकता छ, आफ्नो खर्च आफँै जुटाउनुपर्ने अवस्थामा छन्”, गर्बुजाले भन्नुभयो । द्वन्द्व प्रभावितका लागि सहयोग वितरण पोखरामा मुख्य कार्यालय रहेको ‘कोपिला नेपाल’ नामक संस्थाले म्याग्दीका द्वन्द्व प्रभावित परिवारलाई शैक्षिक र आर्थिक सहयोग गरेको छ । सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरवाङका गरी १७ द्वन्द्व प्रभावितका बालबालिकालाई प्रतिव्यक्ति रु एक हजार ५०० बराबरका शैक्षिक सामग्री र १५ द्वन्द्व प्रभावित परिवारलाई प्रतिव्यक्ति रु आठ हजारका दरले आयआर्जनका लागि सहयोग गरिएको कोपिला नेपालका सामाजिक सहजकर्ता भुवन सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाले दिएको जानकारीअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त द्वन्द्व प्रभावितका तथ्याङ्कका आधारमा स्थानीय जनप्रतिनिधिको रोहवरमा सहयोग सामग्री र रकम वितरण गरिएको हो । सोही अवसरमा बालबालिका र द्वन्द्व प्रभावितलाई मनो–सामाजिक तालीम पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group