ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ४ : १९   बजे


काठमाडौं, १४ जेठ । आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो दश महीनामा रु एक करोड ५५ लाख २८ हजार ३८७ राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षका लागि नगरपालिकाले लिएको लक्ष्यको तुलनामा यो रु पाँच लाख २८ हजार २८७ बढी राजश्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षका लागि नगरपालिकाले रु एक करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, कर सङ्कलन केन्द्र, नगर अस्पताल, नगर प्रहरी, नगरपालिकाका विभिन्न शाखा, नगर क्यान्टिन, घरजग्गा रजिष्ट्रेशन, पशु सेवा कार्यालयलगायतबाट उक्त राजश्व सङ्कलन भएको उहाँको भनाइ छ । उहाँका अनुसार १४ वटा वडा कार्यालयबाट सङ्कलित ४२ लाख ३८ हजार ९५७, नगरपालिका कार्यालयबाट २७ लाख ९७ हजार ३८८, कर सङ्कलन केन्द्रबाट दुई लाख २३ हजार २१५, नगर अस्पतालबाट १८ लाख ३९ हजार ५४० र नगर प्रहरीबाट रु एक लाख ७७ हजार १०० राजश्व सङ्कलन भएको छ । त्यस्तै विभिन्न शाखाबाट २५ लाख ३२ हजार ७७०, नगर क्याण्टिनबाट १५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ३६ लाख ९८ हजार ७२५, पशुसेवा कार्यालयबाट पाँच हजार ६९२ राजश्व उठेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

जिल्लाका ६ वटा स्थानीय तहमध्येमा आठबीसकोट सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने स्थानीय तह हो । गत वर्ष पनि नगरपालिकाले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu