ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब बारुदको गन्ध आवश्यक छैन– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ५ : १८   बजे


काठमाडौँ, १४ जेठ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताउनुभएको छ ।

मन्त्री बाँस्कोटाले १२ आँैं गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्दै सबैभन्दा ठूलो कुरा गणतन्त्रले सबैलाई नेपालमा पहिले कहिल्यै नभएको स्वतन्त्रता, स्वाधीनता र समान अवसर दिएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दूक केही होइन ।” गणतन्त्रपछि बनेको पहिलो बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई प्रगतिको दिशामा उन्मुख गराउने नीति तथा कार्यक्रम ल्याएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “रातारात मुलुक बन्दैन ।

आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ ।” उहाँले अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले अहिले जनताबाट निर्वाचित सरकारले गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको आधार तयार गरिरहेको जनाउँदै यो सरकार पनि असफल भए को आउने भन्ने स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयो । गत एक वर्षमा सरकारले संविधानअनुकूल नयाँ कानून र संरचना निर्माणमा समय व्यतीत गरेकाले अबको योजना र प्रयास समृद्धितर्फको यात्रा हुने उहाँले उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले थप्नुभयो, “जनताको रगत, आँशु र पसिना साटिएर आएको गणतन्त्र कसैले दिएको उपहार होइन ।

गणतन्त्र सत्तरी वर्षसम्म जनताले गरेको सङ्घर्षको प्रतिफल हो । अब मुलुकलाई अन्तरराष्ट्रिय मानकसँग गाँस्न आवश्यक छ । अब कोही पनि जनता भोकै बस्नु पर्दैन । कृषिमा क्रान्ति गरेर समृद्धिमा लाग्नुपर्छ ।” कार्यक्रममा विभिन्न कलाकारले विशेष जागरण गीत प्रस्तुत गर्नुभएको थियो । कलाकारले ‘गणतन्त्र स्थापना’, ‘नयाँ दिन आयो’, ‘हम ने पहाडी’, ‘थ्व सर्गतय्’, ‘बलिदान’ आदि बोलका गीतसङ्गीत प्रस्तुत गरिएका थिए ।

सम्मेलनको प्रायोजन नेपाल टेलिकमले गरेको हो । यही जेठ १५ गते १२ औँ गणतन्त्र दिवस मनाइँदैछ । ऐतिहासिक जनआन्दोलन–२ पछि २०६५ साल जेठ १५ गते तत्कालीन प्रतिनिधिसभाबाट राजतन्त्रतात्मक शासन अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group