ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन सय बिघा जग्गा भारतीयको कब्जामा


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ७ : १९   बजे



काठमाडौँ, १४ जेठ ।  कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र केहीले आधा उब्जनी दिने सर्तमा ३५ वर्ष पहिले दिएका हुन् ।

पर्ती जग्गा भए पनि साविकको धनसिंहपुर गाविसका करीब ५० जना व्यक्तिले आफ्नो जग्गा भएको दाबी गर्दै आएका छन् । उनीहरुले २०२६ सालबाट भोगचलन गरेको जग्गा सुरक्षाका कारण भारतीय नागरिकलाई लिज र आधा उब्जनी पाउने सर्तमा दिएका हुन् । “२०४० साल अघिसम्म लिजको रकम र आधा उब्जनी दिए, ०४० सालपछि केहीले मात्र दिने गरेका छन्”, जग्गाधनी दाने साउदले भन्नुभयो, “नदीले कटान गरेर जग्गा पुल पारी गएपछि जग्गा भोगचलन गर्न गाह्रो भयो ।” खेती गरे पनि भारतीयले नोक्सान गर्न थालेपछि थाकेर भारतीयलाई खेती गर्न दिनु परेको साउँदको गुनासो छ ।

यहाँ चारदेखि २० बिघासम्मका जग्गाधनी छन् । सुरक्षा नभएपछि त्यस क्षेत्रका जग्गाधनी अन्यत्र सर्न बाध्य भएका छन् । जग्गा भारतीयले कब्जा गरेपछि कतिपय भारत गएर जीवन निर्वाहमा लागेका स्थानीयवासीको भनाइ छ । “मेरो १५ बिघा जग्गा भारतीय नागरिकलाई २०६२ सालमा आधा उब्जनी दिने सर्तमा खेती गर्न दिए, २०७० सालसम्म भनेअनुसार बाली दियो, पाँच वर्षदेखि केही पाएको छैन”, जग्गाधनी कृष्णप्रसाद ढुङ्गानाले भन्नुभयो, “बाली माग्न गयो धमक्याउँछ ।” जग्गा पाऊँ भनेर इलाका प्रशासन र इलाका प्रहरी कार्यालय टीकापुरमा दुई वर्षअघि उजुरी दिएको उहाँले बताउनुभयो ।

“गाविसले जग्गा प्रमाणित सिफारिश दिएको छ लाजपुर्जा नहुँदा न्याय पाउन सकेनौँ”, उहाँले भन्नुभयो । सरकारी पक्ष जिम्मेवार नहँुदा नेपाली भूमि भारतीयले कब्जा गरेको स्थानीयवासीको भनाइ छ । “सरकार नै जग्गा सुरक्षाका बारेमा मौन बसेपछि जनताले के गर्ने ?”, स्थानीय शेरबहादुर साउँदले भन्नुभयो, “सरकारले नापी गराएर जग्गा दिने प्रयास नै गरेन ।” यतिखेर त्यहाँ दुई वटा भारतीय बस्ती बसेका छन् । त्यो क्षेत्र जङ्गल क्षेत्र हो । अहिले त्यहाँ वन नभएर बस्ती मात्र छ । वन फाँडेर धनसिंहपुर बस्ती बसेको हो । स्थानीय तह समायोजनपछि अहिले टीकापुर नगरपालिकाभित्र पर्दछ ।

स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि एक वर्षअघि नेपाली भूमिमा बसेको भारतीय बस्तीलाई खाली गराउन टीकापुर नगरपालिका–९ ले सार्वजनिक सूचना जारी ग¥यो तर खाली गर्न सकेन । स्थानीय तहले सक्रियता नदेखाउँदा भारतीय पक्षको मनोबल बढेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group