ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सुकु्म्वासीका लागि नीति बनाइसकेको छ– मन्त्री अर्याल


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ७ : ५८   बजे


काठमाडौँ, १४ जेठ ।  भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले सुकुम्वासीका लागि योजना बनाइसकेको बताउनुभएको छ । नापी विभागको ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले सहकारी र भूमि विभागमार्फत गरीबी घटाएर शूून्य बनाउने सरकारले योजना बनाएको जानकारी गराउनुभयो ।

“अहिले हाम्रो लागि भूमि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो । उहाँले जनताको चाहनाअनुरुप सरकारले विभिन्न क्षेत्रमा पारदर्शीता कायम गर्दै लैजाने लक्ष्य बनाएको बताउनुभयो । “अहिले हामी निकै चुनौतीपूर्ण अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “सिद्धान्त बनाउनु सरकारको काम हो, त्यसलाई कर्मचारीले कार्यान्वयनमा ल्याउनुपर्छ ।” सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा दिलबहादुर गुरुङले भर्खरै सम्पन्न सगरमाथाको उचाइ मापनले विभागको उचाइ बढेको बताउनुभयो । “नेपाल गरीब देश भए पनि आफैँले उचाइ मापन गर्न सक्नु गौरवान्वित विषय हो”, उहाँले भन्नुभयो ।

भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कुनै पनि संस्थाले संस्थागत रुपमा काम गरे उपलब्धि हासिल गर्न सक्ने बताउनुभयो । जल तथा ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारीले छोटो समयमा नै विश्वका अन्य देशसँग नेपालले प्रतिस्पर्धा गरेको उल्लेख गर्नुभयो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले सगरमाथाको उचाइ मापन गर्नुपूर्व विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरेको बताउनुभयो । सो अवसरमा सगरमाथा मापन टोलीका प्रमुख खिमलाल गौतमलगायत सात व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu